spot_img

तपाईंको स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन यसरी सहजै पत्ता लगाउन सक्नुहुन्छ

तपाईंको स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी सहजै पत्ता लगाउन सक्नुहुन्छ
स्मार्ट ड्राइभिङ लाइसेन्सको माग बढेसँगै सेवाग्राहीले समयमै कार्ड नपाएको गुनासो पनि उस्तै छ। ट्रायल पास गरेपछि वा लाइसेन्स नवीकरण गर्दा स्मार्ट कार्ड पाइने व्यवस्था भए पनि कार्ड आउन लामो समय कुर्नुपर्ने अवस्था देखिँदै आएको छ।
यसैबीच यातायात व्यवस्था कार्यालयहरूले सेवाग्राहीका लागि आफ्नो स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन भन्ने जानकारी लिन सकिने व्यवस्था मिलाएका छन्।

त्यसैगरी मोबाइलबाट पनि जानकारी लिन सकिन्छ। अंग्रेजी ठूलो अक्षरमा LC लेखी आवेदन दर्ता नम्बर सहित 31003 मा एसएमएस पठाउँदा लाइसेन्स तयार भए वा नभएको अवस्था थाहा पाउन सकिने व्यवस्था गरिएको छ। जस्तै, यदि तपाईंको लाइसेन्स नम्बर 01-07-23453454 छ भने, सुरुमा मोबाइलको म्यासेज बक्समा जानुहोस्। त्यसपछि LC लेखी एक स्पेस दिनुहोस् र माथि उल्लेखित लाइसेन्स नम्बर जस्तै आफ्नो लाइसेन्स नम्बर लेखेर SMS पठाउनुहोस्।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर