spot_img

कन्चन ५ मा मंसिर २८ देखि पौष १४ सम्म साँस्कृतिक कार्यक्रम हुने

गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५ पिपरीचापाको आयोजनामा हुन लागेको “प्रथम पिपरीचापा महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०८२” को तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रवार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको सम्पूर्ण तयारीबारे संस्थाका अध्यक्ष कमल दर्जीले जानकारी गराउनुभयो ।

अध्यक्ष दर्जीका अनुसार पहिलो पटक आयोजना हुन लागेको यो महोत्सवलाई भव्य र सफल बनाउन सबै पक्ष एकजुट भएर लागेको बताउनुभयो । उहाले “यो क्षेत्रमै पहिलोपटक हुन लागेको महोत्सव हो । यसअघि खेलकुदका धेरै कार्यक्रमहरू गरेका छौं, तर यसपटक कला, संस्कृति र स्थानीय प्रतिभालाई एकै ठाउँमा ल्याउने ठूलो सुरुआत गरेका छौं । ‘कला र संस्कृतिको जागरण, युवामा एकता’ भन्ने नारासहित महोत्सवलाई सफल बनाउने पक्षमा हामी दृढ छौं ।”

स्थानीय कलाकार, समाजसेवी, पत्रकार तथा विभिन्न व्यक्तित्वहरूको सहयोग र सहभागितामा महोत्सव भव्य रूपमा सम्पन्न हुने आयोजकले विश्वास व्यक्त गरेको छ । मेला यहि मंसिर २८ गते देखी पौष १४ गते सम्म कन्चन ५ पिपरीचापामा सञ्चालन हुने छ ।

यसैगरी तयारीमा संलग्न सबै पदाधिकारीले आयोजना गर्न लागिएको महोत्सवले पिपरीचापा क्षेत्रमा सांस्कृतिक पर्यटन, प्रतिभा अभिव्यक्ति र सामुदायिक एकता प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर