spot_img

शुद्वोदन रास्ट्रपति रनिङ्गशिल्ड तथा अध्यक्ष कपको उपाधी फर्साटिकर माविलाई

शुद्वोदन रास्ट्रपति रनिङ्गशिल्ड तथा अध्यक्ष कपको उपाधी फर्साटिकर माविलाई

रुपन्देही स्थित शुद्वोदन गाउँपालिकाको आयोजनामा पौष १ गतेदेखि फर्साटिकर माविको खेलमैदानमा संचालित पाचौं रास्ट्रपति रनिङ्गशिल्ड तथा अध्यक्ष कप प्रतियोगिताको उपाधी फर्साटिकर माध्यमिक विद्यालयले हासिल गरेको छ।शुद्वोदन गाउँपालिका ४ अवस्थित फर्साटिकर माध्यमिक विद्यालयले प्रतियोगितामा ११ स्वर्ण ७ रजत र ५ कास्य प्राप्त गरि रास्ट्रपति रनिङ्गशिल्डको उपाधी प्राप्त गर्न सफल भएको हो ।
त्यसै गरि भगलापुर माविले ७ स्वर्ण ४ रजत र ८ कास्य प्राप्त गरि दोस्रो स्थान हासिल गरेको छ।ज्ञानपुन्ज विद्या मन्दिर मानपकडिले ६ स्वर्ण ,१ रजत र ४ कास्य प्राप्त गरि तेस्रो स्थान हासिल गरेको शुद्धोदन गाउँपालिका खेल समिति संयोजक मुकेश कुवरले जानकारी दिनुभयो।समापन कार्यक्रमको अवसरमा सम्पन्न नृत्य प्रतियोगितामा फर्साटिकर सिद्वार्थ इङलिस बोर्डिङ स्कुल पहिलो ,शुद्दोधन इङलिस स्कुल दोस्रो र तिलोत्तमा अङ्ग्रेजी माबी तेस्रो भएका छन् ।कार्यक्रम शुद्वोदन गाउँपालिका प्रवक्ता शिक्षा समिति संयोजक एवं वार्ड नम्बर -४ का वडा अध्यक्ष केशव अधिकारीको अध्यक्षता,जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यता, शुद्वोदन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको विशिस्ट आतिथ्यता र शुद्वोदन गाउँपालिका उपाध्यक्ष शान्ता ज्ञवाली,शुद्धोदन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतको विषेश आतिथ्यता शुद्धोदन गाउँपालिका शिक्षा प्रमुख चन्द्रकान्त शर्माको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा वार्ड नम्बर ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी ,वार्ड नम्बर -२ का अध्यक्ष कमल खड्का,गाउँपालिका खेल समिति संयोजक मुकेश कुवर फर्साटिकर माविका प्रधानाध्यापक देवराज पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।खेल महोत्सवमा गाउँपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयहरुले भाग लिनुभएको थियो।शुद्धोदन गाउँपालिका शिक्षा प्रमुख चन्द्रकान्त शर्माको स्वागत मन्तव्यमा र शिक्षा शाखा सहायक प्रमुख चन्द्रकला तिवारीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर