spot_img

कतारको अलखोर पार्क चिडियाघरमा नेपाली हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीको आकर्षण

कतारको अलखोर पार्क चिडियाघरमा नेपाली हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीको आकर्षण

चितवनको हात्तीसारमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई नेपाली हात्ती सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी कतारको अलखोर पार्कस्थित चिडियाघरमा राखिएका छन्। बुधबार साँझदेखि नै ती हात्तीहरूलाई अवलोकन गर्न पर्यटकको उल्लेख्य भीड लागेको छ।
७ वर्षीया रुद्रकली सन् २०१८ मा जन्मिएकी हुन् भने ६ वर्षीय खगेन्द्रप्रसाद सन् २०१९ मा खोरसोर हात्ती प्रजनन केन्द्रमा जन्मिएका थिए। दुवै वयस्क हात्ती हाल अलखोर पार्क चिडियाघरमा सुरक्षित वातावरणमा राखिएका छन्।
चिडियाघरमा रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठले उनलाई तलाउमा नुहाइरहेको दृश्य देखिन्थ्यो भने खगेन्द्रप्रसादका माउते पाचुखा थारुले खगेन्द्रप्रसादको पिठ्युँमा फुलबुट्टा भरेर सिँगारिरहेका थिए। यी दृश्यहरू पर्यटकका लागि विशेष आकर्षण बनेका छन्।
२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले मित्रता र कूटनीतिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतार पठाइएको हो।
नेपाली हात्तीको आगमनसँगै अलखोर पार्कस्थित चिडियाघरमा पर्यटकको चहलपहल बढेको छ। दुवै हात्ती हाल कतारमा नेपाली वन्यजन्तु संरक्षण र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा चर्चामा छन्।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर