spot_img

रोटरी क्लब अफ सैनामैनाको आयोजनामा आई सी टी तालिम श्री सिद्दार्थ मेमोरियल एकेडेमीको हलमा सम्पन्न

रोटरी क्लब अफ सैनामैनाको आयोजनामा आई सी टी तालिम श्री सिद्दार्थ मेमोरियल एकेडेमीको हलमा सम्पन्न भएको छ। रोटरी क्लब अफ सैनामैनाकोका बर्ष २०२५-२६ का अध्यक्ष भोजराज पौड्यालको आध्यक्षतामा भएको समापन समारोहमा सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्न्द्र प्रसाद शर्मा प्रमुख अतिथी तथा चार्टर प्रेसिडेन्ट मिन प्रसाद पौडेल र ईनर व्हिल क्लव अफ सैनामैना की प्रेसिडन्ट दुर्गामाया श्रेष्ठ बिशिष्ट अतिथी रहनु भएको थियो। सैनामैना नगरपालिकाका सामुदायिक विद्यालयका २० जना शिक्षकहरूलाई लक्षित गरी संचालन भएको उक्त २ दिने कार्यक्रममा नोमीनी प्रेसीडन्ट चन्द्रकान्त पान्डे , पास्ट प्रेसीडन्ट माधव खनाल , भाईस प्रेसीडन्ट रिम वहादुर श्रेष्ठ , रोटरीयन सदस्यहरू बिमल पौडेल, शिशीर क्षेत्री, विभिन्न ७ सामुदायिक विद्यालयका २० जना शिक्षकहरू, पत्रकारहरू कृष्ण भन्डारी, भुवन जीसी, दिनेस घिमिरे तथा ईन्ट्र्याक्टका विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो। कार्यक्रममा वालकृष्ण ज्ञवाली र सिसिर क्षेत्री प्रशिक्षक रहनु भएको थियो। स्वागत मन्तव्य पास्ट प्रेसिडन्ट माधव खनालले ब्यक्त गर्नुभएको थियो भने धन्यवाद ज्ञापन नोमीनी प्रेसीडन्ट चन्द्रकान्त पान्डेले गर्नु भएको थियो। कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट अर्जुन भन्ढारीले २ दिनमा धेरै सिकाई भएको कुरा व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख फणेन्न्द्र प्रसाद शर्मा, चार्टर प्रेसिडेन्ट मिन प्रसाद पौडेल र ईनर व्हिल क्लव अफ सैनामैना की प्रेसिडन्ट दुर्गामाया श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको संचालन कार्यक्रमका संयोजक रो. बिष्णुप्रसाद अर्यालले गर्नुभएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर