spot_img

के बुटवल सदावहार पर्यटकीय गन्तव्य बन्न सक्छ ?

के बुटवल सदावहार पर्यटकीय गन्तव्य बन्न सक्छ ?
प्रज्बल घिमिरे
केहि समय अघिसम्म बुटवलमा आउने पर्यटनहरुको लागि बुटवलमा गन्तव्यको रूपमा फुलवारी, हिलपार्क, जीतगढी किल्ला सिद्धबाबा मन्दिर मुख्य रूपमा रहेका थिए । बुटवल देशभरमा उत्पादन हुने औधोगिक उत्पादनका सामानहरुलाई मुख्य डिलरको रूपमा बुटवलमा संचय रगोदाम गरि तराई मधेस अन्य जिल्ला हरुमा र पहाडी जिल्लाहरुमा बिक्री वितरण गर्ने गरिन्थ्यो । नेपालको प्रमुख भन्सार नाका मध्येको एक सुनौली भन्सार नाका रुपन्देहीमा रहेकोले पनि भारतबाट आयात हुने सामानहरु लागि उपयुक्त गोदामहरु बुटवलमा नै हुने गर्दथ्यो । यसरी बुटवल एउटा गतिशील व्यापारिक केन्द्रको रूपमा स्थापित हुन पुग्यो र अहिले पनि बुटवल नेपालको एउटा व्यापारिक केन्द्रको रूपमा रहदै आएको छ ।

लुम्बिनी केबलकारका अध्यक्ष चन्द्र प्रसाद ढकाल केबलकारमा आएका विद्र्याथीहरु संग

समय सदैव गतिशील हुन्छ । गतिशील समय संगसगै मानिसको मानवीय चेतनाहरुमा परिवर्तन हुने गर्दछन् ।हिजो आवश्यकता महशुल नगरिएका कार्यहरू समय संगसगै आजको अपरिहार्यता हुने गर्दछन् । देशमा भएको परिवर्तन संगसंगै समाज र जनजीवनमा पनि व्यापक र बृहत परिवर्तन हुने गर्दछ ।नेपालमा भएको ०४७ को राजनीतिक परिवर्तन संगै नेपाली समाज बन्द समाजबाट खुला समाजमा परिवर्तित भयो । क्रमश सरकारको प्राथमिकतामा शिक्षा , खानेपानी ,सडक ,बिद्धुतिकरण हुन पुगे । स्थानीय जनताहरुले पनि खानेपानी ,सडक ,बिद्धुतिकरणलाई प्राथमिकताको रूपमा अंगिकार गरे ।यसरी पहाडी जिल्लाहरूमा विकासको पहिलो प्राथमिकता खानेपानी,सडक र बिद्धुतिकरण परे ।विशेषत ०५० को दशकपछि शुरु भएको पहाडी क्षेत्रको सडक निर्माण कार्य अहिले गाउँ ( गाउँ सम्म पुग्न सफल भएको छ भने ग्रामीण सडकीकरण्को बिस्तार कार्य अहिले पनि जारी नै रहेको छ ।

केवलकारको यात्रा गर्दै विदेशी पर्यटकहरु र साथमा लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर डिएन कायस्थ

ग्रामीण सडकीकरणले बुटवलमा पारेको प्रभाव
नेपालमा सडक बिस्तार क्रमले तिब्रता पाईरहेको अवस्थामा विश्वले सूचना प्रविधिको क्षेत्रमा फड्को मा(यो । वि। स। ०६२ सालदेखि नेपाल मा मोबाइलको प्रयोगले जनस्तरमा तिब्रता पायो । ०६२ अघिसम्म सूचनाको आदानप्रदानको माध्यम टेलिफोन र बिस्तारको रूपमा हुलाक रहेका थिए । टेलिफोन पनि सिमित हुने गर्दथ्यो । गाउँ घरका केही सिमित व्यवशायी र चलाएमान राजनीति कर्मीहरुको घरमा मात्रै टेलिफोन हुने गर्दथ्यो । त्यस समयमा व्यापक सूचनामा पहुँचको अभावमा बजारहरु कुनै एक स्थानमा एकीकृत रूपमा हुने गर्दथे ।
सूचना प्रविधि र सडक विकास र विस्तार संगै उत्पादक र उपभोक्ता बीचमा रहेको दुरी घट्न गयो । उत्पादक आफ्नो उत्पादनलाई सहजरूपमा ग्रामीण बजार सम्म पुर्याउन र ग्रामीण क्षेत्रका व्यवशायीहरु सिधा उत्पादक सम्म पुग्न सफल भए सगै एकीकृत बजारहरु कमजोर बन्न पुगे । अहिले बुटवलमा देखा परेको र कमजोर बन्दै गरेको बजार अवस्थालाई यसैको उपजको रुपमा लिन सकिन्छ ।

लुम्बिनी केबलकारको यात्रा गर्दै एसियाली विकाश बैंकका प्रतिनिधि सहित तत्कालिन लगानी वोर्डका प्रमुख सुशिल ज्ञवाली

पर्यटकीय रूपमा सदावहार बन्दै बुटवल
विगतमा उत्पादकले उत्पादन गरेका सामानहरुलाई बुटवलमा गोदाम निर्माण गरेर राख्ने र विभिन्न जिल्लाहरूमा वितरण गर्ने कार्य क्रमश कमजोर हुँदै गरेको देखिएता पनि बुटवल पर्यटकीय रूपमा सदावहार बन्ने आधारहरू भने तयार भएको पाईन्छ । अहिले बुटवलमा दुईवटा केबलकार संचालनमा रहेका छन् । लुम्बिनी केबलकार लगानी र प्रविधिको हिसाबले बुटवलको ड्रीम प्रोजेक्टको रूपमा रहेको पाईन्छ । लुम्बिनी केबलकारले अन्तर्राष्ट्रिय स्तरको सेवा र सुबिधा प्रदान गर्ने सामर्थ्य राख्दछ । लुम्बिनी केबलकार आधुनिक युरोपियन प्रविधि बाट निर्मित केबलकारको रूपमा रहेको छ । व्यवशायीक रूपमा केहि सुस्त देखिएको भएतापनी पुर्वाधारले पूर्ण अन्तर्राष्ट्रिय बिमानस्थल बुटवलको सेरोफेरोमा रहेको छ । बिशाल जनसंख्या भएको भारत उत्तर प्रदेशका पर्यटकहरुको लागि पहाडी क्षेत्रहरुको पर्यटनको प्रवेशद्रार एवं रिफ्रेस, रिट्रीट स्थानको रुपमा बुटवल क्षेत्रलाई विकास गर्न सकिन्छ । राज्य एवं संघीय सरकारले दीर्घकालीन सोचका साथ सहज र सरल वातावरणको निर्माण गरि अघि बढेको अवस्थामा बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई नेपालमा संचालन हुने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कार्यक्रमहरु समेत गर्ने स्थानका रुपमा विकास गर्न सकिन्छ ।
लेखक लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर हुन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर