ख्रीष्टमसको इतिहास

मनोहर पाठक
ख्रीष्टमस सबै देशमा मनाइने एक पर्व हो । ख्रीष्ट येशूको जन्मोत्सव सारा संसारका सबै जाति र भाषीहरूका बीच अत्यन्त आदर, हर्षोल्लास र आध्यात्मिक महत्वका साथ खुब धुमधामले मनाइन्छ । फरक फरक पेशा, व्यवशाय, भाषा, संस्कृति र फरक धार्मिक विश्वासकाआस्थावान मानिसहरूले समेत संसारका इतिहासलाई दुई भाग पार्ने ख्रीष्ट येशूलाई ठूलो आदर गर्दै उहाँको जन्म भव्यताका साथ मनाउदै आएका छन् । ख्रीष्टमस ख्रीष्ट येशूको जन्मोत्सवको खुशीयालीमा मनाइने उत्सव हो । आजभन्दा करिव पच्चिस शय उन्तिस वर्ष अघि ख्रीष्ट येशूको जन्म इस्रायलको वेथलेहम भन्ने स्थानमा भएको थियो जो मध्यपूर्व एशियाको प्यालेष्टाइन शासित क्षेत्रमा पर्दछ । हुन त ख्रीष्टियन विश्वासलाई पश्चिमा देशबाट आयातित भन्ने गरिन्छ तर यो एशियाबाट सुरू भएर सारा संसारमा फैलिएको विश्वास हो । यो धर्म हो कि विश्वास भन्ने विषयमा पनि चर्चा गर्न रामैै्र हुन्छ । अहिले हामी ख्रीष्ट जन्मकै विषयमा चर्चा गर्न लागिरहेका छौं ।
ख्रीष्टको जन्मको मुख्य उद्देश्य मानिसहरूलाई उनीहरूको पापबाट छुटकारा दिई कहिल्यै नाश नहुने आत्मिक जीवन दिनु हो । बाइबलभित्र मत्ती १ः२३ मा लेखिएको छ, “हेर, एउटा कन्याले गर्भधारण गर्नेछे, र त्यसले एउटा पुत्र जन्माउनेछे, र उहाँको नाउँ इम्मानुएल राखिने छ, जसको अर्थ हो परमेश्वर हामीहरू सित ।” अनिमत्ती १ः२१ मा लेखिएको छ, “उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनु हुनेछ ।” येशू संसारमा आउनुको उद्देश्य नै मानिसहरूलाई उनीहरूका पापका कारण हुने आत्मिक मृत्युबाट बचाउनु हो । जसरी बाइबलको रोमी ६ः२३ मा यो पनि लेखिएको कि “ पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो ।” शरीरमा जन्मिएकाहरू एक दिन शरीरमा मर्नै पर्छ तर ख्रीष्ट येशूमा विश्वास गरेर कहिल्यै ननाशिने आत्मिक जीवनको प्रतिज्ञा बाइबलले गरेको छ ।
ख्रीष्ट जन्मको उपलक्ष्यमा आनन्द मनाउने पहिला व्यक्तिहरू गोठालाहरू थिए । यस कुराकोे जानकारी मानिसहरूलाई पहिले गराउने काम स्वर्गदुतहरूले गरेका थिए भनी बाइबललूका २ः१० र ११ पदमा लेखिएको छ ।“नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ । आज दाऊदको शहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।” हामीले माथि नै हे¥यौं कि ख्रीष्टमसमा मानिसहरू ख्रीष्ट जन्मको खुशी मनाउँछन् । ख्रीष्ट जन्ममा सबैभन्दा पहिले खुशी र आनन्द मनाउने, परमेश्वरको प्रशंसा गर्ने र महिमा दिने काम स्वर्ग दुतहरू र समाजका सबै भन्दा कमजोर तहमा मानिने गोठालाहरूबाट भएको थियो । त्यसरी ख्रीष्ट जन्मको सन्देश पाएर ताराहरूका अध्ययन गर्ने पूर्वका ज्योतिषीहरू तारालाई पछ््याउँदै यरुशलेम पुगे र उनीहरूले सुन, सुगन्धित धुप र मुर्र (अत्तर) का भेटी चढाए भनी मत्ती २ः१–१२ पदमा लेखिएको छ ।
पूर्वको ज्योतिषीको थिए भन्ने बाइबलमा स्पष्ट लेखिएको छैन तर बाइबलका ज्ञाताहरूको अनुमान यो छ कि पर्सियाका राजाले (आजको इरान) येशूलाई राजाका रूपमा सुन, भारत वर्षका अधवैंशे व्यक्तिले परमेश्वरका पुत्रको रूपमा धुप र अरब वाइथियो पियाकाज वान राजाले ख्रीष्टले मानिसको पाप क्षमाको लागि क्रुसमा भोग्ने कष्ट र मृत्युको प्रतिकको रूपमा अग्रिम सुगन्धित अत्तर चढाएका थिए भनेर पढ्न पाइन्छ । ख्रीष्ट जन्मको सन्देश, र माहट र भक्तिकाबारेमा बाइबलमा पाइएको यही हो तर बाइबलमा कहिँपनि ख्रीष्टमसको दिन यो हो र यसलाई उत्सवको रूपमा मनाउनुपर्छ भनेर लेखिएको पाइदैन । ख्रीष्टको जन्मोत्सव मनाउने काम निरन्तर चलिरहेको छ । ख्रीष्टको जन्म पछि पहिलो सन ३३० – ३४० वर्षसम्म ख्रीष्टको जन्मोत्सव जसरी आज मनाइन्छ, त्यसरी भव्यताका साथ निश्चय नै मनाइएन, किनकि पहिलो त ख्रीष्ट अनुयायीहरूको संख्या थोरै थियो र दोश्रो रोमी साम्राज्यमा ख्रीष्टका अनुयायीहरू माथि चरम दमन भएको थियो । ख्रीष्टको जन्मोत्सव भित्रभित्रै मनाउने काम अवश्य गरियो होला तर भव्यरूपमा गरिएको उल्लेख भएको पाइएन । तर रोमका सम्राट कन्स्टानटाइनले ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर स्वीकार गरेपछि ख्रीष्ट जन्मको उत्सव डिसेम्बर २५ तारिखका दिन भव्यताका साथ मनाउन थालियो भन्ने इतिहासमा पाइन्छ ।
ख्रीष्टमस वा ख्रीष्टको जन्म डिसेम्बर २५ तारिखमा भएको मानिएको छ । बाइबलमा यही दिनमा ख्रीष्ट येशू जन्मनु भएको हो भनी लेखिएको छैन । ख्रीष्ट येशूको जन्म डिसेम्बर २५ मा भएको हो भन्ने विषयमा पहिलो पटक सन २२१ तिर ख्रीष्टियन इतिहासकार सेक्स्टस जुलिअस अफ्रिकानस नामक व्यक्तिले हिसाब गरेर निकालेका थिए । जसलाई आजसम्म अधिकारिक मानिदै आइएको छ । परमेश्वरको आत्माबाट जुन दिन मरियमले गर्भधारण गरिन् ख्रीष्टको मृत्यु पनि त्यसै दिनभएको थियो भन्ने अनुमान लगाइएको हो । ख्रीष्टको मृत्यु मार्च २५ तारिखमा भएको हो र साधारण हिसाबले मानिस नौ महिना आमाको गर्भमा रहने भएकोले ख्रीष्टको गर्भधारण मार्च २५ मा भयो र डिसेम्बर २५ मा जन्म भयो भनी उनको अध्ययनको निचोड थियो । यो कुरा रोमी सम्राट कन्स्टानटाइनले ख्रीष्टलाई व्यक्तिगत प्रभु र परमेश्वर भनी स्वीकार गरेपछि रोमी सम्राज्यभरी ख्रीष्टियन विश्वास व्यापकरूपमा फैलिएको र त्यहाँका सम्राट थेडियस प्रथमले सन ३८० मा राष्ट्रिय धर्म घोषणा गरे पछि ख्रीष्टमस मनाउने कुरा संसारभरि फैलदै गएको बुझिन्छ ।
बाइबलमा ख्रीष्टलाई स्त्रीको सन्तान भनिएको छ । संसारमा स्त्रीको सन्तान भनेर कसैलाई भनिदैन किनकि पुरुष बिना स्त्रीको सन्तान हुदैन । ख्रीष्टको गर्भाधानको विषयमा मरियमलाई स्वर्गदुतले भनेका थिए, “ तिमीले परमेश्वरबाट कृपा पाएकी छ््यौ । अब हेर, तिमीले गर्भधारण गर्नेछ््यौ, र एउटा पुत्र जन्माउने छ््यौ, र तिमीले उहाँको नाउँ येशू राखेछ्यौं । ” मरियमले आफ्नो विवाह नभएको वा कन्या रहेको बताइन् तब स्वर्गदुतले भने, “ पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमी माथि पर्नेछ
यसै कारण जो जन्मनु हुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनु हुनेछ ।” येशूको वास्तविक पिता परमेश्वर आफैँ हुनुहुन्थ्यो । संसारमा येशूको मुखबोले पिता योशेफ थिए तर उनी वास्तविक पिता थिएनन् । तसर्थ बाइबलमा योसेफलाई येशूका पिता भन्नुको सट्टा मरियमसँग मगनी भएका पुरुष भनेरउल्लेख गरिएको छ ।
मानिसलाई पापमा धकेल्ने शैतानको शीर ख्रीष्टले मात्र कुच्याउनुहुन्छ । शैतानको भूmट पूर्ण कुराका भ्रममा परेर परमेश्वर जस्तै बन्ने आशामा आदिम मानिस आदम र हवाले परमेश्वरको आज्ञा उल्लंघन गरेर पापको बन्धनमा परे । तर परमेश्वरले प्रथम जोडीलाई नै पापमा पार्ने सर्परूपी शैतानलाई श्राप दिएर भन्नु भयो, “ तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालि दिनेछु । त्यसले तेरो शिर कुच्याउनेछ र तैँले त्यसको कुर्कुच्चो डस्नेछस् ।” परमेश्वरको विरोधमा मानिसलाई भड्काउने शैतानको शिर कुच्याउने काम स्त्रीको सन्तानले गर्नेछ भनी परमेश्वरले सृष्टिको सुुरूमै बताउनुभएको थियो । तसर्थ येशूको जन्म परमेश्वरको योजना र प्रतिज्ञा अनुसार सांसारिक पिताविना नै कन्याबाट भएको थियो र उहाँमा कुनै कुरा असम्भव छैन भन्ने बुझ्न यसले हामीलाई सघाउँछ ।
जन्मको इतिहास भन्दा कर्मको इतिहास ठूलो हुन्छ । हामी धेरैलाई थाहा छ कि रगत नबगाई पापको प्रायश्चित हुन सक्दैन, रगत नबगाई हामी स्वतन्त्र हुन सक्दैनौं । हामी पापको दासत्वबाट आत्मिकरूपमा स्वतन्त्र हुनका लागि सालाना विभिन्न प्रकारका पशुको बलि दिन्छौं भने संसारका सामाजिक दासत्व वा सबै प्रकारका अन्याय, अत्याचार, शोषण दमनका चपेटाबाट स्वतन्त्र हुन् विभिन्न प्रकारका संघर्ष भएका छन् जसमा थुप्रैले आफ्नो जीवन बलिदान गरेका कुरा हामीलाई थाहै छ । हाम्रा प्रयासबाट आउने स्वतन्त्रता दीगो हुन सक्दैन नत्रता फेरि फेरि संघर्ष गर्नु पर्दैन थियो, नत बलिदान नै गरिरहनु पर्दथ्यो । येशूमात्र एक त्यस्तो बलिदान हुनुहुन्छ, जसको रगतले उहाँमाथि विश्वास गर्ने सबैलाई सधैँको लागि शुद्ध पार्दछ ।
अनन्त मृत्युबाट बचाउँदछ । ख्रीष्टका अनुयायीहरू उहाँको बलिदानका कारण सधैँका लागि पवित्र र सिद्ध बनाइएको विश्वास गर्दछन् । बाइबलमा हिबू्र १०ः१२–१४ मा यसरी लेखिएको छ, “ ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढाउनुभयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो ………. किनकि एउटै बलिदानद्वारा जो पवित्र तुल्याइँदैछन्, तिनीहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनु भएको छ ।” ख्रीष्ट निर्दोष, खोट रहित र पवित्र हुनुहुन्थ्यो । उहाँ राजा भएर आउनु भएपनि उहाँको जन्म गोठमा भयो, मानिसको पापको प्रायश्चित्तको लागि होचिनुभयो, हेपिनुभयो, चोट खानुभयो, क्रुसमा टाँगिनु भयो, पापक्षमाको लागि मारिनुभयो अर्थात बलिदान हुनुभयो । तर उहाँ मरेको म¥यै रहनुभएन, तेश्रो दिनमा बौरी उठ्नुभयो । यहूदी र रोमीहरू यसका साक्षी छन् । यहूदाका राजा हेरोद र रोमी शासक पन्तियस पिलातस दुबैले भने,“येशूमा कुनै दोष भेटिएनर मृत्युदण्ड पाउन योग्य कुनै काम गरेका छैनन् । ” येशूलाई सताउने देखि क्रुसमा टाँग्ने बेलासम्म पहरा दिने कप्तानले पनि भने “ निश्चय नै यिनी धार्मिक मानिस थिए ।”
ख्रीष्ट मानिसका पापबाट स्वतन्त्र बनाई अनन्तसम्मका लागि आत्मिक जीवन दिने परमेश्वर हुनुहुन्छ । यसै कारण उहाँमा विश्वास गर्नेहरू उहाँलाई अनन्तका परमेश्वर, हाम्रा पापका लागि बलिदान हुनु भई, प्रायश्चित्तको बलिदान वा प्रजापतिको बलिदान वा परमेश्वरको तर्फबाटको महायज्ञ हुनुहुन्छ भनी भन्दछन् । ख्रीष्टको अनुयायीहरूको विश्वास यो हो कि उहाँमा विश्वास गर्नेहरूले अनन्त जीवन पाउँछन् । यस्ता महान परमेश्वर, त्रिएक परमेश्वर मध्येको एक, पुत्र परमेश्वर जो सदा सदाको निम्ति जीवित हुनुहुन्छ, तसर्थ उहाँको जन्मदिन भव्यताका साथ मनाइन्छ । कति देशमा डिसेम्बर भरि, नेपालमा पनि गएको हप्ता भरि र आज ख्रीष्टमस मनाइँदैछ, शुभकामना र उपहार आदान–प्रदान गरिन्छ । हामी पनि ख्रीष्ट येशूको जन्मोत्सववा ख्रीष्टमस एवं नववर्ष २०२६ को उपलक्ष्यमा समस्त नेपाली मण्डलीहरू तथा स्वदेश र विदेशमा रहनु भएका हाम्रा सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
(लेखकः ज्योति मण्डली परिषद बुटवलका अध्यक्ष हुनुहुन्छ । )



