गुल्मी जिल्लाको चन्द्र्कोट गाउँपालिका वाड न २ स्थित बिशुखर्क स्वास्थ चौकिमा प्रत्येक महिनाको अन्तिम शनिबार बिहान १० बजेदेखि निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सञ्चालन भैरहेको वडाध्यक्ष कमल केसीले जानकारी दिनुभयो
‘जनताको स्वास्थ्य अवस्था सुधारका लागि गाउँमै विशेषज्ञ चिकित्सक ल्याइएको के सि बताउनुभयो। विशेषज्ञ चिकित्सक गाउँमै आएर उपचार गर्दा जनता निकै उत्साहित हुने र आफुमा भएका समस्या हरुको परामर्श लिएर समाधान गर्न पाउँदा जनता लाई प्रत्यक्ष फलदायी हुने बताए।
उनका अनुसार जनरल फिजिसियन, हाडजोर्नी, दन्त सेवा, स्त्री रोग, छाला, बालरोग, आँखा रोग लगायतका सेवा निःशुल्क कार्यक्रम भैसकेको र अब आउने यो महिनाको अन्तिम शानिबार नाक , कान तथा घाटीरोग बिसेसज्ञ डाक्टर सन्ध्या बन्जाडेद्वारा सेवा रहने छ ।
दुर्गमका बासिन्दाका लागि प्रत्येक महिना फरकफरक बिसेसज्ञ डाक्टरहरुको शिविरले धेरै फाइदा पुगेको छ।’
‘गाउँमा नागरिक रोग पालेर बसेका छन्, साना समस्याको वास्ता गर्दैनन्, फेरी धेरै जेष्ठ नागरिकका सन्तान रोजगारीका लागि जिल्ला र देशबाहिर छन्, जसले गर्दा उपचार गर्न एक्लै जिल्ला अस्पतालसम्म जान धौ हुन्छ’ उहाँले भन्नुभयो ‘ त्यसैले प्रत्येक महिना बिसेसज्ञ डाक्टर सहित गाउँमै शिविर सञ्चालन गरेका हौं।
गुल्मी जिल्लाको चन्द्र्कोट गाउँपालिका वाड न २ मा निशुल्क स्वास्थ्य शिविर
प्रतिक्रिया



