रोटरी क्लब अफ सैनामैनाद्वारा विद्यार्थी, ज्येष्ठ नागरिक र गुरुहरू सम्मान

गुल्मी । रोटरी क्लब अफ सैनामैनाले सत्यवती गाउँपालिका–४, लिम्घामा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो कपडा (स्विटर) तथा शैक्षिक सामग्री वितरण गर्नुका साथै ज्येष्ठ नागरिक र गुरुहरूलाई सम्मान गरेको छ।
२०८२ साल पौष ११ गते सरस्वती माध्यमिक विद्यालय, लिम्घामा सम्पन्न कार्यक्रममा विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीहरूलाई स्विटर तथा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै सत्यवती गाउँपालिका–४ का ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई उपहार तथा नगदसहित विशेष सम्मान गरिएको थियो।
कार्यक्रम रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष भोजराज पौड्यालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे प्रमुख अतिथि रहनुभएको थियो भने रोटरी क्लब अफ सैनामैनाका चार्टर प्रेसिडेन्ट मिन प्रसाद पौडेल र वडा नं. ४ का अध्यक्ष पिताम्वर ज्ञवाली विशिष्ट अतिथि रहनुभएको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर खासु र शिक्षक–अभिभावक संघ अध्यक्ष खिम बहादुर थापाको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष भोजराज पौड्यालले आफूलाई विद्यालय जीवनमा अध्यापन गराउने गुरुहरूलाई प्रमाणपत्र, दोसल्ला र नगदसहित सम्मान गर्नुभएको थियो। स्वागत मन्तव्य रोटरी क्लब अफ सैनामैनाका इलेक्ट प्रेसिडेन्ट नारायण प्रसाद न्यौपानेले व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले रोटरी क्लबले समाजमा गर्दै आएको योगदानको उच्च प्रशंसा गर्दै रोटरीलाई एक अग्रणी अन्तर्राष्ट्रिय सामाजिक संस्था भएको उल्लेख गर्नुभयो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले लिम्घाबाट अध्ययन गरेका धेरै विद्यार्थीहरू विभिन्न क्षेत्रमा सफल र जिम्मेवार पदमा पुगेको भन्दै यस क्षेत्रको शैक्षिक संस्कारको चर्चा गर्नुभयो।
कार्यक्रममा रोटरी क्लब अफ सैनामैनाकी फर्स्ट लेडी विष्णु ज्ञवाली पौड्याल, पास्ट प्रेसिडेन्ट माधव खनाल, उपाध्यक्षहरू, सचिव, कोषाध्यक्ष तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साथै अभिभावक, बुद्धिजीवी, दाताहरू, राजनीतिक दलका प्रतिनिधि, युवा क्लबका पदाधिकारीहरू पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष भोजराज पौड्यालले सफल कार्यक्रम आयोजना गर्न सहयोग गर्ने विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै रोटरी क्लबले हरेक वर्ष यस्ता सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
उक्त अवसरमा रोटरी क्लब अफ सैनामैनाले सरस्वती माध्यमिक विद्यालयलाई २०७५ सालमा प्रदान गरिएको रु. ७५ हजारमा थप रु. ३० हजार सहयोग गरी कुल रु. १ लाख ५ हजार पुर्याएको छ भने बुढी सत्यवती धाम संरक्षण समिति, गुल्मीलाई रु. ५० हजार सहयोग प्रदान गरिएको छ।
कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ सैनामैनाका सदस्य विष्णुप्रसाद अर्यालले गर्नुभएको



