लुम्बिनीमा ‘तेस्रो न्युज फेस्टिबल’ ः
‘सीमापार सम्बन्ध ः आवश्यकता र सम्भावना’ सेसन
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ शुरु भएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा सीमापार समाचारका मुद्दामा बहस गर्ने उद्देश्यले लुम्बिनी प्रेस क्लब भैरहवाको आयोजनामा न्यूज फेस्टिभल शुरु भएको हो ।
महोत्सवमा छिमेकी मुलुक भारतबाट ४० जना सहित दुई सय बढी पत्रकारको सहभागीता छ । कार्यक्रममा उद्योगी,व्यवसायी,सामाजिक संघसंस्थाको पनि सहभागिता छ ।
फेस्टिभल उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतको पर्यटकिय सम्भावना, साँस्कृतिक र धार्मिक सम्बन्ध बढाउन यस्ता फेस्टिभलले योगदान पु¥याउने बताए । दुवै देशका मिडियाले दुबै देशको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र सह–अस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले ठूलो जनसंख्या भएको भारतबाट पर्यटक भित्राएर नेपालको आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।
न्यूज फेस्टिभल अन्तर्गत ‘सीमापार सम्बन्ध ः आवश्यकता र सम्भावना’, ‘लुम्बिनी ः लगानी र पर्यटनको सामथ्र्य ’ र ‘पत्रकारितामा प्रश्न ः जिम्मेवारी र जवाफदेहिता’ विषयमा समूहगत छलफल हुने कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले बताए ।
कार्यक्रममा प्रेस काउन्सील नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले बोल्दै पत्रकारितामाथि विभिन्न प्रश्न उठेकाले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गरे ।
फेस्टिभल अन्तर्गत पहिलो सेसन ‘सीमापार सम्बन्ध ः आवश्यकता र सम्भावना’ मा छलफल भएको छ । यो सेसनको सहजकर्ता लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी छन् । सेसनमा उठेका प्रश्नमा
नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले ग्लोबलाइजेसनको अवस्थामा सीमापार सम्बन्ध अति आवश्यक छ, दैनिक जीवनसंग जोडिएका सवाल, दुई देशबीच कस्ता नीति बनाउने विषय र समस्या समाधानका लागि पनि मिडियाको भूमिका महत्वपूर्ण । नेपाल र भारतको पत्रकारिताबीच सकारात्मक सम्बन्ध विकास गर्न आवश्यक । एक अर्का देशको विषयमा तथ्यहीन र सतही आरोप र लाञ्छना लगाउने काम बन्द गर्नु पर्छ, यसले दुबै देशका पत्रकार असुरक्षित हुन्छन् ।
एक अर्काको देशलाई हस्तक्षेप गर्न नहुने सकारात्मक पक्षलाई ख्याल गर्नुपर्ने । मिथ्या र गलत सूचना प्रवाह नगरौं । मिथ्या र गलत सूचना प्रवाह रोक्न वहस र छलफल जरुरी छ । नीतिगत संशोधन पनि आवश्यक छ ।
आचार संहिता पालनामा दुबै मुलुकको सम्बन्धित निकायबीच समन्वय आवश्यक । कुनैपनि हिंसालाई प्रश्रय दिन हुंदैन दुबै देशका मिडिया र पत्रकारले ।
नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेल ः छिमेकी फेर्न सकिंदैन। संगसंगै बांच्ने, अघि बढ्नुपर्ने भएकाले । पत्रकारिताले समस्या मात्र देखाउने हैन, समाधान दिनुपर्छ । सोलुसन जर्नालिजम आवश्यक । युरोपका सेनजेन देशहरुको समूहको सीमा मोबाइल नेटवर्कले मात्र छुट्टाउंछ, देशको भौगोलिक सीमाले होइन । त्यस्तै भारतसंग संस्कार संस्कृति र भाषामा समानता र सहतजा भएकाले दुई देशबीच सीमापार सम्बन्ध आवश्यक । दुई देशबीच देखिने गलत बुझाई लाई चिर्न सक्नुपर्छ मिडियाले । अप्रमाणित सूचना प्रवाह गर्नुहुंदैन । दुई देशबीचको द्वन्द्वमा मिडियाले शान्ति पत्रकारिता गर्नु आवश्यक छ । पत्रकार र मिडियाले आमाले छोरा छोरीलाई म तिमीलाई माया गर्छु भनेपनि प्रश्न गर्न र सांच्चै माया गरेको हो होइन भेरिफाइ गर्नुपर्छ ।
भारतीय पत्रकार सञ्जय सिंह ः साथी बदल्न सकिन्छ, छिमेकी बदल्न सकिन्न, नेपाल दुई ठूला शक्ति राष्ट्रको बीचमा भएपनि भारतसंग सांस्कृतिक सम्बन्ध रहेको र यसलाई थप प्रगाढ बनाउन आवश्यक । पर्यटन विकासमा भारतको साथ महत्वपूर्ण । पर्यटन विकासका लागि बौद्ध सर्किट बनाउन आवश्यक । सारनाथ, कुशिनगर र लुम्बिनीलाई जोड्न सकिने । भारतमा रामजानकी सर्किट बनेको छ, त्यसैले अयोध्यासंग जनकपुरलाई जोड्नुपर्छ । फेक न्यूजबाट बच्न दुई देशका पत्रकारबीच सही सूचना आदान प्रदान गर्न सकिने । ९० प्रतिशत मिथ्या सूचना न्यू मिडियाबाट प्रवाह हुने गरेका छन्
। यो विश्वव्यापी समस्या हो । रोक्न न्यू मिडिया सञ्चालकलाई पत्रकारिता शिक्षा र प्रशिक्षण आवश्यक । भ्युज बढाउने र पैसा आर्जन गर्ने उद्देश्यका कारण न्यू मिडियाले मिथ्या सूचनालाई प्रवाह गरिरहेका छन् । उनीहरुलाई पत्रकारिताको मूल्य मान्यतामा बांध्न अपरिहार्य छ । यसमा प्रेस काउन्सील जस्ता संस्थाको भूमिका सशक्त र प्रभावकारी बनाइनुपर्छ ।
सिक्किम प्रेस क्लबका अध्यक्ष भिम रावत ः टाढाका देउता भन्दा नजिकको भुत काम लाग्छ भन्ने उखानबाट मन्तव्य शुरु । दुई देशको समृद्धिका लागि सहकार्य आवश्यक । सिक्किम र नेपाललाई दुई देशको पर्यटन प्रवद्र्धनमा जोड्न सकिन्छ । कन्चनजंगा पार्क र चितवन राष्ट्रिय निकुन्ज को पर्यटन प्रवद्र्धनमा दुई देशबीच साझेदारी गर्न सकिने ।
पत्रकार र पत्रकारितामाथि प्रश्न उठेका छन्, उनीहरुको विश्वसनियतामाथि प्रश्न उठेको छ । छिटो सूचना दिने नाममा कतिपय अवस्थामा सरकारी सञ्चारमाध्यम र मूल धारका मिडियाले पनि गलत सूचना दिने गर्दा मिडियामाथि अविश्वास बढ्छ । यद्यपि नेपालको पत्रकारिता राम्रो छ, यसबाट हामीले सिक्नुपर्छ । नेपालको पत्रकारितामा राजनीतिले धेरै स्थान पाएको देख्छौं । सिक्किमलाई विश्वकै पहिलो अर्गानिक राज्य, कन्चनजंघाको राज्य भनेर चिनाउन चाहन्छौं । लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिन्छ ।
गोष्ठी,सेमिनार मार्फत दुई देशका नीति निर्मातालाई जोड्न सकिन्छ ।
दयानिधी गौतम , लुम्बिनी बौद्ध विश्वविद्यालयका क्याम्पस प्रमुख ः वेद र बुद्ध नेपाल र भारत दुबै देशका साझा सम्पदा भएकाले दुई देशबीचको सम्बन्ध अरु देश संगको भन्दा बेग्लै महत्वको रहेको बताए । सूचना प्रविधिको तीब्र विकाससंगै ए आईको युगमा आइसक्दा नयां वेद र नयां बुद्ध जन्माउन सक्ने कि नसक्ने चुनौति थपिएको छ । यसमा दुबै देशको साझा प्रयत



