कपडा बैंक ले देशभर न्यानो कपडा वितरण गर्यो
रुपन्देही, पाल्पा, कपिलबस्तु, रोल्पा, सर्लाही, बर्दियाका विभिन्न स्थानमा यो महिना कपडाबैंक ले करिब २,५७४ जनालाई “न्यानो माया” सहित न्यानो कपडा वितरण गरेको अध्यक्ष कमल जि सी ले जानकारी दिनु भयो । देशभर सञ्चालन भइरहेको कपडा बैंक अभियान अन्तर्गत, प्रयोगमा नआएका लत्ता कपडा संकलन गरी तिनलाई पुनः प्रयोग योग्य बनाएर आवश्यकता अनुसार वितरण गरिएको हो।

केही दिनअघि बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा १,०७४ जनालाई नगरपालिकासँग समन्वय गरी न्यानो कपडा वितरण गरिएको थियो। उक्त अवसरमा नगरप्रमुख खड्ग बहादुर खड्काले कपडा बैंकले विपन्न समुदायको जीवनमा आशा र सहयोग पुर्याइरहेको जानकारी दिनुभयो।
यस्तै, रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका र सर्लाही जिल्लामा ३००जना, साथै सडकका बालबालिका र विभिन्न संघ–संस्थाहरूसँग सहकार्य गरी आवश्यक अनुसार न्यानो कपडा वितरण गरिएको कुरा कपडा बैंकका संस्थापक कमल जि.सी. ले जानकारी दिनुभयो।
कपडा बैंक अभियानले केवल शारीरिक न्यानोपन मात्र नभई माया, सम्मान र भरोसाको सन्देश पनि बाँडिरहेको छ। यस कार्यक्रमले जाडो मौसममा विपन्न परिवारका लागि राहत र आशाको किरण बन्ने विश्वास व्यक्त गरिएको छ।कपडा बैंकमा अहिले पनि दैनिक १०,१५ जना कपडा ल्याउन आउने गर्दछन अहिले चिसो बढेसंगै हिमाल र पहाडी जिल्लामा कपडा को माग बढेकोछ तराई का मधेस तिर यस्तै समस्या रहेको छ।



