spot_img

सूर्यपुरा १, २ र ३ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दोश्रो साधारण सभा प्रथम अधिबेशन सम्पन्न

सूर्यपुरा १, २ र ३ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दोश्रो साधारण सभा प्रथम अधिबेशन सम्पन्न

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ९ शित्तलडाँडामा सञ्चालित सूर्यपुरा १, २ र ३ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दोश्रो साधारण सभा प्रथम अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले संस्थाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष मोतीलाल रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्बसम्मत निर्वाचित गरेको छ।
यस्तै आगामी ३ बर्षका लागि नवनिर्वाचित समतिको उपाध्यक्षमा चन्द्रप्रसाद गौचन, सचिवमा महादेव उपाध्याय सह–सचिवमा लिलादेवी गिरीलाई कोषाध्यक्षमा लक्ष्मी बस्नेत निर्वाचित गरिएको निर्वाचन समितिका संयोजक तुल्सीप्रसाद भूसालले जानकारी दिनु भएको छ।

यस्तै सदस्यहरुमा गंगा श्रेष्ठ, टान बहादुर वि.क., खेम बहादुर पाण्डे, रिता ज्ञवाली, जनक बहादुर पुन, निल प्रसाद शर्मा, भिम कुमारी थापा, मान बहादुर मगरलाई निर्वाचित गरेको छ।
सोही अधिबेशनले लेखा समितिको संयोजकमा टेक बहादुर बलाल सदस्यहरूमा गीता कुमारी शाह र ज्ञानु वि.क.लाई निर्वाचित गरेको नव निर्वाचित उपाध्यक्ष चन्द्रप्रसाद गौचन (शिव)ले जानकारी दिन भएको छ। संस्थाको नयाँ कार्य समिति गठनका लागि तुलसीप्राद भूसालको संयोजकत्वमा सहसराम चौधरी र नित्यानन्द पन्थी तीन सदस्यीय निर्वाचन मण्डलले सहजिकरण गरेको थियो ।
संस्थाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै खानेपानी सरसफाई कार्यालय योगीकुटी बुटवलका कार्यालय प्रमुख प्रकाश के.सी.ले नेपाल सरकारको देशका हरेक नागकिरहरुलाई स्वस्थ र स्वच्छ पिउने पानीको पहुँच पुर्याउने नीति अनुरुप हरेक स्थानीय तहहरुमा खानेपानीका विभिन्न योजनाहरु सञ्चालन भइरहेको उल्लेख गर्नुभयो। सूर्यपुरा खानेपानी उपभोक्ता तथा सरफाई संस्थाको भौतिक पूर्वाधार निर्माण पक्षमा सकारात्मक प्रगती भइरहेको र गैडहवाका विभिन्न खानेपानी योजनाहरुको तुलनामा यस संस्थाले आफ्ना उपभोक्ताहरुलाई स्वस्थ पानी पुर्याउदै आइरहेको प्रतिपनि सह्रना गर्दै कार्यालय प्रमुख के.सी.ले संस्थालाई बलियो, पारदर्शी र मितव्ययी बनाउन राज्यसंगसंगै आम उपभोक्ताहरुको निगरानी र नियमित सुझाव तथा सल्लाह महत्वपूर्ण हुने बताउनु भयो।
यस्तै कार्यक्रममा गैडहवा गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष मिना क्षेत्रीले स्वस्थ र स्वच्छ पिउने पानीको अधिकार नागरिकको हो तर उक्त अधिकारलाई सहि रुपमा उपयोग र उपभोक्ताहरुको जिम्मेवारी र कर्तव्यलाई समेत मनन गर्न सकिएको अवस्थामा संस्था सदैव बलियो र पारदर्शी हुने कुरामा कुनै दुईमत नभएको बिचार व्यक्त गर्नुभयो। संस्थामा रहेका समितिको एक्लो प्रयासले मात्र नागरिकहरुको घरमा स्वस्थ र स्वच्छ पानी नपुग्ने भएकोले स्वस्थ, स्वच्छ र सुरक्षित पानीको ज्ञारेण्टी गर्ने कार्यमा हामी उपभोक्ताहरुको पनि भूमिकालाई चलायमान बनाउनु आवस्यक रहेको वडा अध्यक्ष क्षेत्रीले जोड दिनु भयो।
यसैगरी कार्यक्रममा वडा नं. ९ का निवर्तमान वडा अध्यक्ष टेक बहादुर बलालले संस्थाले सञ्चालन गर्ने हरेक गतिविधिहरुमा उपभोक्ताहरुले आफ्नो निगरानी र दायित्वबोधलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै आफ्नो घरसम्म आउने पाइपलाईनहरुको सुरक्षा र त्यसको मर्मत सुधारमा संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई सहयोग र सूचना दिनु पर्ने उपभोक्ताहरुको अनिवार्य कर्तब्य भएको बताउनु भयो।
संस्थाका अध्यक्ष तथा वडा नं. ८ का वडा अध्यक्ष भूवन बहादुर रानाले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था स्थापना गर्दाको पृष्ठभूमि र तदर्थ समिति तथा प्रारम्भिक उपभोक्ताहरुबाट भएको सहयोग र समन्वय अविस्मरणीय र अतुलनीय रहेको बताउनु भयो। खानेपानी योजनाको प्रारम्भ गर्दा स्थानीयहरुबाट भएको विश्वास र अमुल्य सुझावहरुको प्रतिफल नै आज गौरव गर्ने संस्थाको रुपमा बिकास भएको उल्लेख गर्दै अध्यक्ष रानाले आगामी दिनहरुमा पनि संस्थाको भौतिक, आर्थिक लगायत बिकास र स्वस्थ, स्वच्छ र सुरक्षित पिउने पानी पाउने उपाभोेक्ताहरुको नैसर्गिक अधिकारलाई सुरक्षित गर्न सबैको सहकार्य र हातेमालो हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो।
संस्थाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष मोतीलाल रानाले स्वागत गर्नु भएको कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव भट्टराई, मञ्जु न्यौपाने लगायत वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै हरेक क्षेत्रमा असल र अव्वल नेतृत्वहरुबाट हुने मितव्ययी नेतृत्वले नै संस्थालाई बलियो र उपभोक्तामैत्री बन्ने बताएका थिए। समुदायका लागि समुदायद्वारा सञ्चालित समुदाय लक्षित नीति, योजना र कार्यक्रमहरुले हरेक संस्थाहरु प्रति सकारात्मक सोँच र अपनत्व बढ्दै जाने महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव भट्टराइले बताउनु भयो।
अधिबेशनले संस्थाका अध्यक्ष भूवन बहादुर रानाले प्रस्तुत गर्नु भएको बार्षिक प्रतिवेदन र लेखा समितिका संयोजक महादेव उपाध्यायद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण प्रतिवेदन सर्बसम्मत अनुमोदन गरेको छ। ५३ हजार ३०३ मिटर पाइपलाइन विस्तार गरि ९२४ घरमा सुरक्षित पिउने पानी पुर्याउन सफल उक्त संस्थाले संस्थाको योजना र उद्धेश्य पुरा गर्न महत्वपूर्ण कार्य गर्ने संस्थाका अपरेटर गुाणनीधि खनाललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको थियो। यस्तै संस्थाका तदर्थ समितिका संस्थापक सदस्य लाल बहादुर थापालाई समेत मरणोपरान्त र खानेपानी सरसफाई कार्यलय बुटवलका प्राविधिक रुद्रप्रसाद ज्ञवालीलाई अवकास पछि सम्मान सहित विदाई समेत गरिएको संस्थाका सचिव तथा नव निवार्चित समितिका उपाध्यक्ष चन्द्रप्रसाद गौचनले जानकारी दिनु भएको छ।
संस्थाका अध्यक्ष भूवन बहादुर रानाको अध्यक्षता तथा सचिव चन्द्रप्रसाद गौचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर