spot_img

बुटवलमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

बुटवलमा कारको ठक्करबाट सडकमा सवारी साधन चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हवलदारको मृत्यु भएको छ। सोमबार दिउसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखाना अगाडी पूर्वबाट बुटवलतर्फ आइरहेको कारले सडकमा चेकजाँचमा खटिएका प्रहरी सहायक हवलदार नागेश्वर पाललाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार सडकमा ड्युटीमा खटिएका अस्थायी ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत पाललाई बागमती प्रदेश १–००३ च ००७७ नं. कारले दिउसो सवा चार बजेतिर ठक्कर दिएको थियो।

कारको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका पाललाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले ४ बजेर ३८ मिनेटमा मृत घोषित गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

प्रहरीले पाललाई ठक्कर दिने कार र चालक गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १ बस्ने ५६ वर्षीय जितेन्द्र थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको जनाएको छ

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर