spot_img

बुटवलको देवसिद्ध खानेपानीमा एमालेविरुद्ध सबै दलको गठबन्धन पराजित

बुटवलको देवसिद्ध खानेपानीमा एमालेविरुद्ध सबै दलको गठबन्धन पराजित
बुटवल ।
बुटवलको देवसिद्ध खानेपानीमा नेकपा एमालेविरुद्ध सबै दलको गठबन्धन पराजित भएको छ । धेरै सामाजिक संस्थाहरुमा पार्टीमा निकटस्थहरुलाई जिताउन राजनीतिक दलहरुले हस्तक्षेप गर्ने, गठबन्धन गर्ने र नेतृत्व आफ्नो पक्षमा पार्ने गरिरहेका छन् । आइतबार मात्रै बुटवलमा एमालेबाहेक सबै दल निकट सदस्यहरुले गठबन्धन गरेर निर्वाचनमा गएको देव सिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा गठबन्धनमा रहेका सबै पराजित भएका हुन् । बुटवल ११. देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा निर्वाचित सबै एमाले समर्थकहरु मात्रै भएका हुन् ।
आइतबार संस्थाको १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट डम्मरबहादुर थापाको नेतृत्वमा नवनिर्वाचित सम्पूर्ण टीम हराउन कांग्रेस, रास्वपा, नेकपासहितका सबै दलको गठबन्धन भएपनि नसकेको एमाले बुटवलका नगर अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा कल्पना पांडे मगर, सचिवमा माया बेल्बासे, सहसचिव लक्ष्मी भुसाल, कोषाध्यक्ष राजकुमार श्रेष्ठ र सेक्टर संयोजकहरुमा दिलबहादुर थापा, ओमबहादुर पुन, रामलाल भुसाल, कृष्ण सोमाई मगर,सीता थापा निर्वाचित भएका छन् । त्यसैगरी खुला महिला सदस्यहरुमा गीता पन्थी, बालकुमारी घिमिरे,निर्मला थापा, लेखा परीक्षण संयोजकमा गोरखबहादुर रोका र सदस्यहरुमा युवराज खनाल, नारायण न्यौपाने, अनुगमन संयोजक वेदप्रसाद पौडेल र सदस्यहरुमा वामदेव पौडेल, गंगा ज्ञवाली निर्वाचित भएका छन् । नवनिर्वाचित उपाध्यक्ष कल्पना पाँडेमगरले पनि सामाजिक संस्थामा राजनीतिक टाीम नबनाउने भनिएपनि सबै दलका समर्थकहरुले टीम बनाएर चुनाव गर्नुपरेको र जितेका सबै एमालेको टीमबाट भएको स्वीकार गरिन् । ‘एमालेबाहेक सबैको गठबन्धन थियो, तर नतिजा उहाँहरुले चाहेजस्तो आएन सबै एमालेमा रहेकाहरु मात्रै आयौं तर जितेपछि यस्ता संस्थाहरुमा कुनै पार्टी विशेष भन्ने हुँदैन, जनताको काम गर्ने हो, सेवा गर्ने हो, जित्न नसक्नेहरुले पनि निराश हुने होइन, सबै मिलेर काम गर्ने हो’ उनले भनिन् ।
(((((((((((((((

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर