spot_img

अर्घाखाँची को मालारानिमा कपडा बैंक स्थापना

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा कपडा बैंक शुभारम्भ भएको छ । बिहिवार एक कार्यक्रमका बिच मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई र कपडा बैंक का केन्द्रिय अध्यक्ष कमल जि सी ले संयुक्तरूपमा उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा मालारानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले सम्पूर्ण लाई स्वागत गर्दै कपडा बैंक अर्घाखाँची को मालारानी गाउँपालिकामा स्थापना हुन राम्रो विषय रहेको बताउनु भयो ।

कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि दल बहादुर भट्टराईले कपडा बैंकले मालारानिमा रहेका जेहेन्दार तथा कपडा बिहिन लाई कपडा वितरणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउदै यो कार्यक्रमलाई पालिकाले निरन्तर दिने बताउदै कपडा बैंक र गाउँपालिका समन्वय र सहकार्य गरेर अगाडि बढने बताउनु भयो।

कार्यक्रममा सम्पूर्ण वडा अध्यक्ष हरुको तर्फबाट दण्डपानी पोख्रेल  राजनीतिक दलहरूको तर्फबाट नेपाली कांग्रेसका प्रतिनिधि रमेश सुनार नेपाल पत्रकार महासंघ अर्घाखाँची जिल्ला कोषाध्यक्ष नवि  केसि  शिक्षकहरूको प्रतिनिधित्व गर्दै वैद्यनाथ निमकुमारी बलबहादुर माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर कुँवरले लगाएत ले कपडा बैंक स्थापनाले बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य राजनीतिक दल बिद्यालयका शिक्षक हरुले आ आफ्नो भनाइ राख्दै कपडा बैंक स्थापना गरेर पालिकाले महत्त्वपूर्ण काम गरेकोमा  धन्यवाद दिदै पालिका र कपडा बैंकलाई धन्यवाद ब्याक्त गर्नु भएको थियोे ।

कार्यक्रममा क्लोथ एण्ड फुड बैंक का केन्द्रिय अध्यक्ष कमल जि सी ले देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन प्रशोधन गरि आफ्नो घर, टोल र समाजलाई सफा राखौ कोहि कपडा बिहिन नरहून भन्ने नाराका साथ यो अभियान जारी रहेको र हाल सम्म यो परोपकारी कार्य देखि स्थानीय जनता लाभंदित भएकोमा खुसि हुदै क्लोथ एण्ड फुड बैक नेपालका अध्यक्ष कमल जीसीले सबैलाई जोडिन आग्रह गर्नु भयो । नेपाल भरका सम्पूर्ण स्थानीय तह तथा विभिन्न निकायलाई सहकार्यका लागि आह्वान गर्नुभयो ।
कार्यक्रममा अध्यक्षत्ता पालिका उपाध्यक्ष दिपा पोख्रेलले कपडा बैंक मालारानिमा स्थापना गर्न पाउँदा खुसी ब्यक्त गर्दै कपडा बिहिन लाई अब पालिका बाट सवै वडामा कपडा वितरण गरिने बताउदै आज  मात्रै ४९ जना लाई कपड़ा वितरण गरिएको बताउनु भयो।
कार्यक्रममा जनप्रतिनिधि कर्मचारी सुरक्षाक्रमी पत्रकार स्थानीय बुद्धिजीवी राजनीतिक दल लगाएत को उपस्थिति रहेको थियोे कार्यक्रम को सन्चालन सञ्चारक्रमी दिनेश घिमिरेले गर्नु भएको थियोे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर