spot_img

कपडा बैंकका अध्यक्ष कमल जि सी लाई आईजिपी कार्कीले सम्मान

राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजनामा सम्पन्न एक विशेष समारोहमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक तथा प्रमुख अतिथि  दान बहादुर कार्की  सामाजिक अभियन्ता एवं Cloth & Food Bank Nepal का अध्यक्ष कमल जि.सी.लाई सम्मान गर्नुभएको छ।
समाजसेवा, मानवीय सहयोग तथा विपन्न समुदायको जीवनस्तर उकास्न निरन्तर रूपमा सञ्चालन गर्दै आउनुभएको कपडा तथा खाद्य सहयोग अभियान, राहत वितरण तथा पुनःप्रयोग अभियानमार्फत पुर्‍याउनुभएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो। लामो समयदेखि कमल जि.सी.ले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रहरूमा पुगेर आवश्यकता अनुसार सहयोग गर्दै आउनुभएको छ।
कार्यक्रमका संयोजक रमेश दुलालले देशकै उत्कृष्ट पुनःप्रयोग अभियान सफलतापूर्वक सञ्चालन गर्दै समाजप्रति कमल जि.सी.ले पुर्‍याउनुभएको योगदान केवल व्यक्तिगत उपलब्धि मात्र नभई राष्ट्रकै साझा सम्पत्ति भएको बताउनुभयो। उहाँका अनुसार कपडा तथा खाद्य पुनःप्रयोग अभियानले वातावरण संरक्षणसँगै मानवीय सेवामा नयाँ सोच र संस्कारको विकास गरिरहेको छ।
समारोहमा बोल्दै वक्ताहरूले कमल जि.सी.को सामाजिक सक्रियताले हजारौं विपन्न तथा असहाय नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरे। यस्तो सम्मानले समाजसेवामा समर्पित व्यक्तिहरूलाई थप प्रेरणा र हौसला मिल्ने विश्वास पनि व्यक्त गरिएको छ।
सम्मान ग्रहणपछि कमल जि.सी.ले आफूलाई प्राप्त सम्मान सम्पूर्ण स्वयंसेवक, सहयोगदाता तथा समाजसेवामा विश्वास गर्ने सबैप्रति समर्पित रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले सामाजिक सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर