spot_img

सैनामैना फुटबल रंगशालामा जारी ‘सैनामैना वडा लिग’ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा वडा नम्बर ७ र वडा नम्बर ११ ले जित दर्ता

मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना-४ स्थित सैनामैना फुटबल रंगशालामा जारी ‘सैनामैना वडा लिग’ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा वडा नम्बर ७ र वडा नम्बर ११ ले जित दर्ता गरेका छन् ।
दिनको पहिलो खेलमा वडा नम्बर ७ ले वडा नम्बर ५ लाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको वडा ७ का लागि जर्सी नम्बर ८ का अमन थापाले उत्कृष्ट प्रदर्शन गरे।
अमनले खेलको १५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि २५ औं मिनेटमा जर्सी नम्बर ७ का तेजेन्द्र थापाले दोस्रो गोल थपे। खेलको २८ औं मिनेटमा पुन: अमन थापाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। वडा नम्बर ५ ले खेल अवधिभर गोल गर्ने केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। खेलको ‘म्यान अफ द म्याच’ दुई गोलकर्ता अमन थापा घोषित भए।

दोस्रो प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ११ ले वडा नम्बर ३ लाई पराजित गर्दै लिगमा आफ्नो दोस्रो जित दर्ता गरेको छ। खेलको पहिलो हाफको ६ औं मिनेटमा जर्सी नम्बर १६ का सुरज थारुले गोल गर्दै वडा ११ लाई सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा खेल रोमाञ्चक बन्यो। वडा नम्बर ३ का विशाल पुनले २२ औं मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए। यद्यपि, खेलको अन्त्यतिर वडा ११ ले उत्कृष्ट पुनरागमन गर्‍यो। ३९ औं मिनेटमा कमल सुर्यबसी र ४० औं मिनेटमा राजु थारुले गोल गरेपछि वडा ११ ले जित पक्का गर्‍यो। खेलको म्यान अफ दि म्याच कमल सुर्यबसी घोषित भए ।

भोलि पहिलो खेल वडा ४ र १ बिच खेल हुनेछ भने दोस्रो खेल वडा २ र वडा ६ खेल्ने खेल संयोजक कसिश श्रेष्ठले जानकारी दिए ।
माघ १५ गतेदेखि सुरु भएको प्रतियोगिता २८ गतेसम्म चल्नेछ। सैनामैना नगरपालिकाको संरक्षकत्व र नगर खेलकुद समितिको सह-आयोजनामा संचालित यस प्रतियोगिताको विजेताले रु १ लाख र उपविजेताले रु ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । स्थानीय स्तरमा रहेका फुटबल प्रतिभाहरूको पहिचान र खेलकुदको विकास गर्ने मुख्य उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक मुर्गिया फुटबल क्लबले जनाएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर