spot_img

राष्ट्रिय जनमोर्चाका पालिका अध्यक्ष एमाले प्रवेश

राष्ट्रिय जनमोर्चाका पालिका अध्यक्ष एमाले प्रवेश
भैरहवा । राष्ट्रिय जनमोर्चा नेपालका शुद्धोधन गाउँपालिकाका अध्यक्ष लिलाधर घिमिरे नेकपा एमाले प्रवेश गर्नुभएको छ । उहाँलाई सोमबार पार्टीका नेता तुल्सी चौधरी, पार्टीका रुपन्देही क्षेत्र नं. ३ का बासुदेव घिमिरेले पार्टीमा स्वागत गर्नुभयो । त्यसअवसरमा नेताहरुले पार्टी प्रवेश गर्नुभएका घिमिरेलाई उचित जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टी प्रवेश गर्नुभएका घिमिरेले एमालेको नीति र पद्धति उचित लागेकाले आफूले राष्ट्रिय जनमोर्चा परित्याग गरेर एमाले प्रवेश गरेको बताउनुभयो । एमालेले विकासप्रेमी नेतालाई रुपन्देही क्षेत्र नं. ३ मा उम्मेदवार बनाएकोले उहाँको जीतका लागि आफू प्रतिबद्ध भएर चुनावी अभियानमा लाग्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर