spot_img

लुम्बिनी प्रदेशभर माघ २१ गते सार्वजनिक बिदा

लुम्बिनी प्रदेशभर माघ २१ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले जारी गरेको सूचनाअनुसार मिति २०८२ साल माघ २१ गते बुधबारका दिन सार्वजनिक बिदा रहनेछ।
प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४, मिति २०८१ साल चैत २१ गते प्रकाशित सूचनाको बमोजिम उक्त दिन प्रदेश स्थापना दिवस मनाइने भएकाले लुम्बिनी प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, शैक्षिक संस्था तथा स्थानीय तहका कार्यालयहरू बन्द रहनेछन्।
प्रदेश सरकारका अनुसार स्थापना दिवसको अवसरमा विभिन्न औपचारिक कार्यक्रम तथा उत्सवमूलक गतिविधिहरू आयोजना गरिने तयारी गरिएको छ। प्रदेश स्थापनाले संघीय व्यवस्थामा लुम्बिनी प्रदेशको पहिचान, अधिकार र स्वशासनलाई संस्थागत गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सरकारको भनाइ छ।
प्रदेश स्थापना दिवसलाई सभ्य, भव्य र जनसहभागितामूलक रूपमा मनाउन सबै सरोकारवाला निकाय, संघ–संस्था तथा नागरिकहरूलाई आ–आफ्नो स्थानबाट सहयोग र सहभागिता जनाउन प्रदेश सरकारले आग्रह गरेको छ।
सम्बन्धित सबैको जानकारीका लागि यो सूचना सार्वजनिक गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर