spot_img

गैडहवा शिक्षक चन्दज्ञान दुबेको ममतामयी आमाको निधन शिक्षक महासंघ बाट दुख व्यक्त

हार्दिक श्रद्धाञ्जली
गैडहवा गाउँपालिका–२ अन्तर्गत सञ्चालित नवजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक शिक्षक श्री चन्दज्ञान दुबेको   ममतामयी आमा स्व. श्री माल्ती दुबे  मिति २०८२/१०/२० गते मंगलवार ८२ वर्षको उमेरमा भएको असामयिक निधनले समग्र शिक्षक समुदाय तथा शिक्षासँग आबद्ध सम्पूर्ण  संघ–संस्थालाई गहिरो शोकमा डुबाएको छ।
आमाको निस्वार्थ माया, त्याग र संस्कारबाट हुर्किएका शिक्षक श्री दुबे ज्यूले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको पछाडि स्व. आमा माल्ती दुबे को  महत्वपूर्ण भूमिका रहेको कुरालाई सम्मानका साथ स्मरण गर्न चाहन्छौँ। आमाप्रतिको सम्मान र कृतज्ञतासहित नेपाल शिक्षक महासंघ गैडहवा गाउँकार्य समिति, रुपन्देही तथा यससँग आबद्ध सम्पूर्ण शिक्षक संगठनहरू यस दुःखद घडीमा अत्यन्त मर्माहत भएका छन्।
नेपाल शिक्षक महासंघ गैडहवा गाउँकार्य समितिका अध्यक्ष अमरजीत यादव सहित सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा शिक्षक परिवार स्व. माल्ती दुबे को  दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ। यस कठिन समयमा संस्था सधैं परिवारको साथमा रहेको स्पष्ट पार्दै, ईश्वरसँग दिवंगत आत्माको चिरशान्ति तथा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी कामना गर्दछौँ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर