spot_img

गैडहवा गाउँपालिका रास्ट्रपति रनिङ शिल्ड सुरु

गैडहवामा सातौं राष्ट्पति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता शुरु

रुपन्देहीको गैडहवामा सातौं रनिङ्ग शिल्ड छनौट प्रतियोगिता हिजोदेखि शुरु भएको छ। गैडहवा गाउँपालिका वडा नं. ८ स्थित देविनगर खेलमैदानमा शुरु भएको प्रतियोगितामा गैडहवाका सामुदायिक र संस्थागत गरी २९ विद्यालयका १ हजार २ सय भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका छन।
प्रतियोगिताको शुभारम्भ गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले विद्यार्थी तथा खेलाडीहरुको शारीरिक, मानसिक, बौद्धिक बिकासका लागि खेलकुद अपरिहार्य रहेका बताउनु भयो। खेलकुदको माध्यमाबाट विद्यार्थीहरुमा सामाजिक एकता, सहकार्य र धैर्यताले मात्र हरेक संघर्ष र प्रतिस्पर्धाहरुमा विजय हासिल गर्न सकिने सन्देश दिदै अध्यक्ष पौडेलले प्रतियोगिताबाट छनौट हरेक खेलाडीहरुले खेलककुदकै माध्यमबाट गैडहवाको नाम रोशन गर्नमा उतप्रेरणा मिल्ले विश्वास व्यक्त गर्नु भएको थियो।
यसैगरी उपाध्यक्ष माधुरी जैसवालले खेलकुदलाई आफ्नो व्यक्तीगत स्वास्थ्य र राष्ट्रका लागि गौरवको क्षेत्रको रुपमा ग्रहण गर्नु पर्ने बिचार व्यक्त गर्नु भएको थियो। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराले हरेक खेलाडीहरुमा नयाँ उर्जा र उत्साह थप्ने विश्वास गर्दै उपाध्यक्ष जैसवालले प्रतियोगितालाई हार र जितकाो रुपमा नलिई खेलाडीमा भएको सिकाई र सिपको आदानप्रदान गर्ने अवसरको रुपमा लिन आग्रह गर्नु भएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षक कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले प्रतियोगितालाई मर्यादित, अनुशासित र शान्तिपूर्ण बनाउदै विद्यार्थी खेलाडीहरुमा मनोवल अझ उच्च बनाउनु पर्नेमा जोड दिनु भएको थियो। प्रतियोगितालाई विद्यार्थी तथा विद्यालय बिच को विजेता हुने भन्ने मानसिकतामा भन्दा सभ्य र अनुशासित रुपमा आफ्नो विद्यालय र विद्यार्थीहरुको खेल प्रदर्शन गर्ने गराउने भन्ने कुरामा ध्यान दिन सकेमा मात्र प्रतियोगिताको महत्व र अर्थ बढ्दै जाने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बिचार व्यक्त गर्नु भएको थियो।
विद्यार्थी खेलाडीहरुको मार्चपास पर्दशन पछि भएको उद्घाटन सत्रको कार्यक्रममा आफ्नो मन्तव्ष्य राख्दै गैडहवा गाउँपालिका  वडा न ४ का अध्यक्ष तथा प्रवक्ता सुरेन्द्र सिंह कुर्मी पाँच अध्यक्ष बिजय शर्मा वडा नं. ८ का वडा अध्यक्ष भूवन बहादुर राना र वडा नं. ९ का वडा अध्यक्ष मिना क्षेत्रीले कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धीहरु बिच हार र जित हुनु स्वभाविक हुने तर उक्त हार र जितलाई आपसी प्रतिशोधको रुपमा नलिई एक विद्यालय वा विद्यार्थीमा भएको सफल अभ्यासलाई सिकाईको रुपमा लिएर आफ्नो विद्यालयमा लागु गर्ने अवसरको रुपमा लिन सझाव दिनु भएको थियो।
शिक्षा शाखा प्रमुख केश बहादुर खनालले विद्यार्थी, शिक्षक कर्मचारी, निर्णायक, स्थानीय अभिभावकहरुलाई स्वागत गर्दै विद्यार्थीहरुको शिक्षण सिकाई, ज्ञान र सिपलाई पुनर्ताजगी बनाईराख्न समय समयमा सञ्चालन हुने खेलकुद कार्यक्रमहरुले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भएको थियो। खेलकुद र शिक्षण सिकाई एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै शिक्षा शाखा प्रमुख खनालले प्रतियोगिताले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभा उजागार गर्दै प्रतिभा भएका ती विद्यार्थीहरुमा सृजनात्मकताको बिकास गर्नमा उत्प्रेरणा मिल्ने बताउनु भएको थियो।
हसनापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश ठाकुरको सञ्चालनमा भएको कार्यक्रममा सूर्यपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक राजी आचार्य, सूर्यपुरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कैलाश यादव, गैडहवा प्याब्सनका अध्यक्ष रामलाल लोध, खेलकुद उपसमितिका संयोजक अमरजित यादव लगायतले शुभकामना व्यक्त गर्दै प्रतियोगिताले विद्यार्थी खेलाडीहरुमा अनशासन, आपसी समन्वय र सहकार्य, धैर्यता, अनि एकताले मात्र हरेक प्रतिस्पर्धाहरुलाई आफ्नो कब्जामा राख्न सकिन्छ भन्ने सिकाई सिकेर आ आफ्नो विद्यालय फर्किने छन भन्ने विश्वास व्यक्त गरेका थिए। प्रतियोगितामा हुने हारले आगामी प्रतिस्पर्धाका लागि सिकाई रुपमा ग्रहण गर्दै आफुबाट भएको कमजोरीलाई आत्मसाथ गरी प्रतियोगितालाई मित्रवत बनाउन आग्रह गर्नु भएको थियो।
प्रतियोगिताको पहिलो दिन विद्यार्थीहरुबाट भएको मार्चपास पर्दशनीमा महेन्द्रनगर माध्यमिक विद्यालय प्रथम, ब्राईट दीक्षा ईङ्गलिस स्कुल द्वितीय र गोल्डेन फ्युचर ईङ्गलिस स्कुल तृतीय भएको खेलकुद उपसमितिका संयोजक अमरजित यादवले जानकारी दिनु भएको छ। प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुने छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर