रामपुर माविको ६२ औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न
सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको रामापुर माध्यमिक विद्यालयले मंगलबार एक भब्य समारोहको आयोजना गरि ६२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
बार्षिक उत्सव तथा अभिभावक दिवसको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले उदघाटन गर्दै रामापुर माध्यमिक विद्यालय सामुदायिक विद्यालय भएपनि यसको शैक्षिक स्तर नीजि स्कुलको भन्दा राम्रो रहेको बताउनुभयो । उहाँले रामापुर माध्यमिक विद्यालयको शैक्षिक प्रगतिबाट अरु विद्यालयले पनि पाठ सिक्नुपर्ने बताउँदै आगामी दिनमा पनि विद्यालयले राम्रो प्रगति गरोस भन्ने शुभकामना दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीले चाैतर्फी रुपमा प्रगति गरिरहेको र यसमा आफूहरु निकै खुशी रहेको बताए । कार्यक्रम वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले विद्यालयको वर्तमान अवस्था र भविष्यका योजनाबारे उल्लेख गर्नुभएको थियो।
कार्यक्रममा उत्कृष्ट नतिजा प्रदान गर्ने शिक्षकहरूलाई सम्मान गरिएको थियो। अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई हिजो एक कार्यक्रमका बीच सम्मान गरिएको विद्यालयका सूचना अधिकारी नन्दराम पोखरेलले बताउनुभयो
कार्यक्रममा विभिन्न अक्षय कोषबाट विद्यार्थीहरूलाई अक्षय कोष दाताको उपस्थितिमा सम्मान एवं सहयोग गरिएको थियो। शिक्षक एवं विद्यार्थीहरूको नृत्यले कार्यक्रममा रौनक थपिएको थियो।
कार्यक्रम विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पाण्डेको अध्यक्षता, सैनमैना नगरपालिकाका नगरप्रमुख फडेन्द्र शर्माको प्रमुख अतिथ्यता, सहायक प्रधानाध्यापक करुण न्याैपानेको स्वागत एवम् सहायक प्रधानाध्यापक काशीराम पोखरेलको सञ्चालनमा सम्पन्न भएको हो ।






