रुपन्देही–५ मा मोहम्मद वकिल मुसलमानको घरदैलो अभियान तीव्र
रुपन्देही क्षेत्र नम्बर ५ मा नेपालि कम्युनिस्ट पार्टी का प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहम्मद वकिल मुसलमानले चुनावी भेटघाट तथा घरदैलो अभियानलाई तीव्रता दिनु भएको छ। विशेष गरी कञ्चन गाउँपालिका–३ सहित क्षेत्रका विभिन्न वडामा उहाँको सक्रियता उल्लेखनीय देखिएको छ।
अभियानका क्रममा उम्मेदवार मुसलमानले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विस्तारका विषयमा आफ्ना योजना प्रस्तुत गर्नु भएको छ। उहाँले क्षेत्रको समग्र विकासका लागि स्पष्ट खाका तयार गरेको बताउँदै जनताको विश्वास र साथ आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कञ्चन–३ मा आयोजित भेटघाट कार्यक्रममा स्थानीय युवाहरु, महिला समूह, किसान तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले खानेपानी, सडक स्तरोन्नति, कृषि उत्पादनको बजारीकरण तथा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषय उठान गरेका थिए। उम्मेदवार मुसलमानले यी मागहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँको चुनावी अभियानमा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक सहभागिता देखिएको छ। घरदैलो कार्यक्रमका क्रममा मतदाताले पनि सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। जनतासँग नजिकिएर उनीहरूको समस्या बुझ्दै समाधानमुखी कार्यक्रम अघि सार्नु नै आफ्नो मुख्य उद्देश्य रहेको मुसलमानले बताउनुभयो।
रुपन्देही–५ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै जाँदा मोहम्मद वकिल मुसलमानको सक्रिय अभियानले क्षेत्रको राजनीतिक वातावरण थप चलायमान बनेको छ। आगामी दिनहरूमा पनि विभिन्न वडामा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने तयारी गरिएको छ।
रुपन्देही–५ मा मोहम्मद वकिल मुसलमानको घरदैलो अभियान तीव्र
प्रतिक्रिया



