बुटवलका चर्चित ५० बढी युवा विष्णु पौडेललाई जिताउने अभियानमा
बुटवल । नेपाली कम्युनिष्ट पार्टी लगायतका दलमा आवद्ध बुटवलका ५० बढी युवा नेताहरु विष्णु पौडेललाई जिताउने अभियानमा सामेल भएका छन् । रुपन्देही क्षेत्र नं २ निर्वाचन परिचालन समिति सहसंयोजक राजु गुरुङको पहलमा बुटवल वडा नं २ का वडाअध्यक्ष सुनिल शाक्य, युवा नेताहरु शंकर घर्ती,विक्रम बस्याल,सुमन गुरुङ, प्रवेश सुनार,राजु क्षेत्री,आकाश गुरुङ, झविन गौतम, धनसिंह खाम्चा लगायत युवाहरु पौडेललाई जिताउन अभियानमा लागेका हुन् ।
उनीहरुले रुपन्देही २ को थप विकास र समृद्धिका लागि विष्णु पौडेलको विकल्प नभएको र पौडेल भविष्यको प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएकाले उनलाई जिताउन आफूहरु सहमत भएका हुन् ।
एमाले उपाध्यक्ष पौडेलको उपस्थितिमा युवा नेता राजु गुरुङले युवाहरुको प्रतिनिधिमूलक भेला गराई उनीहरुलाई पौडेल जिताउने अभियानमा सामेल गराएको र उनीहरुमार्फत कम्तीमा ५ सय युवाहरु एमालेमा जोडिने नेता राजु गुरुङले बताए । युवाहरुको प्रवेशसंगै रुपन्देही २ मा पौडेलको जित सुनिश्चित भएको भन्दै नेता गुरुङले सामाजिक सञ्जालको भ्रममा नपरी फराकिलो जितका लागि मेहन गर्नुपर्ने युवाहरुलाई निर्देशन दिए । एमाले परिवारका सदस्यहरुसंग पुनर्मिलन र युवाहरुको साथले आफूलाई थप उत्साहित बनाएको उम्मेदवार पौडेलले बताए ।
बुटवलमा वडाध्यक्षसहित ५ दर्जन युवाहरु एमालेमा समाहित, विष्णु पौडेलले गरे स्वागत
प्रतिक्रिया



