ज्योतिनगर बासीले विष्णु पौडेललाई दिए आशिर्वाद, घर–घरबाट फूल मालाले स्वागत
बुटवल । बुटवलको ज्योतिनगर बासीले पैतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेललाई जितका लागि आशिर्वाद दिएका छन् । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ज्यातिनगर पहिरो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्थाका लागि योगदान गरेको बताउँदै उनीहरुले फागुन २१ गते हुने निर्वाचनका लागि आशिर्वाद प्रदान गरेका हुन् ।


बुटवलसहित समग्र रुपन्देहीको बिकास योजना बारे अन्तरक्रिया गर्दै सोमबार घरदैलो अभियानमा निस्किएका पौडेललाई ज्यातिनगरका मतदाताले उत्साहजनक उपस्थितीसहित शुभकामना व्यक्त गरेका हुन् । चुनावी अभियान अन्तरगत घरदैलोमा रहेका पौडेललाई ज्योतिनगरका घर–घरबाट खादा र मालाले स्वागत गरिएको थियो । ज्योतिनगर पहिरो रोकथामका लागि पौडेलले आफू अर्थमन्त्री हुँदा विभिन्न शिर्षकमा २९ करोड रकम विनियोजन गरेका थिए । उक्त रकम जेनजी आन्दोलनका कारण कार्यान्वयन हुन नसके पनि छिट्टै उक्त योजनाको रकम लागू हुने चरणमा रहेको छ । चुनावी अभियानमा भाषण र आरोप–प्रत्यारोप नगरी बिकास योजनाहरुका बारेमा मतदातासँग अन्तरक्रियालाई तिब्रता दिएका एमाले उपाध्यक्ष पौडेलले प्रतिवद्धता भन्दा पनि परिणामलाई आफूले विश्वास उल्लेख गरे । रुपन्देहीमा निर्माण सम्पन्न भएका, निर्माणको चरणमा रहेका तथा थप परिकल्पना गरिएका योजनाहरुलाई सम्पन्न गरी बिकासको नमूना जिल्लाको रुपमा रुपन्देहीलाई स्थापित गर्ने आफ्नो उद्देश्य रहेको उनले बताए ।
घरदैलो अभियान अन्तरगत पौडेलले सोमबार बुटवलको वडा नम्बर ५ र ६ का मतदातासँग अन्तरक्रिया गर्नुका साथै मधेशी समुदायका प्रतिनिधिहरु तथा मुक्ति समाजले आयोजना गरेको भेलामा सहभागी हुनुका साथै बुटवलको वडा नम्बर ३ र ४ का मतदाताहरुसँग घरदैलोमा भेटघाट गरेका थिए ।



