मर्चवार । रुपन्देही क्षेत्र नम्बर ४ मर्चवारमा यतिबेला चुुनाबी रस्साकस्सी चलिरहेको छ । मतादाताको घरदैलोमा यतिबेला उम्मेदवारहरु विभिन्न चुनाबी प्रतिबद्धता पत्र लिएर पुगिरहेका छन् । चुनाबी प्रचारको क्रममा उक्त क्षेत्रमा एमालेका उम्मेदवार प्रमोद कुुमार यादव, कांग्रेसका उम्मेदवार आशुुतोष मिश्रा, जसपा नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुुक्ला, जनमतका उम्मेदवार भोपेन्द्र यादव, रास्वपाका उम्मेदवार कन्हैया बानियाँ लगायत २२ जना जनताको घरदैलोमा छन् ।
उनीहरुले मर्चवारको खेतमा सिँचाईदेखि सडक विस्तार सम्मका योजना अगाडी सारेका छन् । विकासे एजेन्डालाई प्राथमिकता दिएका उम्मेदवारहरुले मतादाता भेटघाटलाई पनि तिब्रता दिएका छन् ।
उक्त क्षेत्रमा मतादाताहरुले चुुनाबी प्रतिसपर्धामा रहेका २२ जना उम्मेदवार मध्ये एमालेका उम्मेदवार प्रमोद कुुमार यादवको कार्यक्रमलाई रुचाएको देखिन्छ । लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर २ मुुजहानाका स्थानिय बासिन्दा विनयी साहनीले उम्मेदवारहरु चुनाबको बेला आउने तर अरु बेला अनुुहार समेत हेर्न नपाउने धेरै रहेको भन्दै आक्रोस व्यक्त गरे । जेनजी उमेर समूहका साहनीले ‘सहजै भेटिन सक्ने उम्मेदवार प्रमोद हुुन् । अरुलाई भेट्न काठमान्डौ जान पर्छ । हामीलाई काठमान्डौ बस्ने उम्मेदवार भन्दा भैरहवा मर्चवारमा भेटिने उम्मेदवार चाहिएको छ । ’
साहनी जस्तै रामप्रीत पासवानले पनि धेरै उम्मेदवारको कार्यक्रम हेर्दा एमालेको चुनाबी कार्यक्रम राम्रो रहेको बताए । पासवानले भने, ‘मर्चवारको विकास र यहाँको जनताकोलागि सबैभन्दा राम्रो नेता प्रमोद बाबुु हो । उनलाई भोट दिने हो । ’
मर्चवारमा विगत ३ दशकदेखि राजनीतिमा एकछत्र राज गर्दै आएका चिफ साप भनेर चिनिने पुर्वमन्त्री सर्बेन्द्रनाथ शुुक्लाको यतिबेला क्रेज घटेको देखिएको छ । पाका र नयाँ पुुस्ता दुुबैले शुुक्लालाई मत नदिने बताईरहेका छन । यसैगरी रास्वपा उम्मेदवार कन्हैयालाई प्रदेश सांसद जितेर गएता पनि क्षेत्रको विकासकोलागि केहि काम नगरेको र प्रदेश सांसदको अवधि छदै राजिनामा दिनुु गलत भएको बताएका छन् । उता कांग्रेस उम्मेदवार आशुुतोष मिश्रा काठमान्डौको बासिन्दा भएकोले उनलाई मत दिनुु गलत हुुने दुुईमुुहानमा भेटिएका बृद्धा रामबेलास हरिजनले बताए ।
रुपन्देही क्षेत्र न ४ मा एमाले घरदैलो तिव्र
प्रतिक्रिया



