spot_img

नेपाली कम्युनिस्ट पार्टिले बहुमत ल्याउने प्रचण्ड को भनाइ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अतिवादी प्रवृत्तिविरुद्ध राष्ट्रको एकता, स्वाधीनता र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् । रुपन्देही क्षेत्र नं ५ को लुम्बिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी युवाको हत्या गर्ने र देश जलाउन उक्साने दुवै खाले अतिवादी शक्ति विरुद्ध नेकपालाई मतदान गर्न आग्रह गरेका हुन् ।

दुवै अतिवादका विरुद्ध राष्ट्रको एकता, स्वाधीनता, आर्थिक विकास, सुशासन र सामाजिक न्यायका पक्षमा उभिएको उल्लेख गर्दै प्रचण्डले भारत, चीन लगायत विश्वका मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध सुदृढ गर्दै समाजवादको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र युवाहरूले उठाएका माग सम्बोधन गर्ने एजेण्डा नेकपाले अघि सारेको उनको भनाइ थियो । निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सेना, प्रहरी, कर्मचारीतन्त्र, निर्वाचन आयोग र सबै राजनीतिक दलको ऐतिहासिक जिम्मेवारी रहेको उनले उल्लेख गरे ।

नेकपाको तर्फबाट रुपन्देही-५ का उम्मेदवार वकिल मुसलमानलाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्दै प्रचण्डले वकिल मुसलमान अनुभवी, प्रगतिशील र सबै समुदायप्रति समान व्यवहार गर्ने परिपक्व नेता भएको बताए । “वकिल मुसलमानको जित भनेको पहाडी, मधेसी, मुस्लिम, आदिवासी, दलित, मजदुर–किसान सबैको जित हो,” उनले भने ।आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुरु गरिएको सुकुम्बासीलाई लालपुर्जा वितरण प्रक्रिया रोकिएको उल्लेख गर्दै उनले पुनः बहुमत प्राप्त भए सुकुम्बासी समस्या समाधान गर्ने जिम्मेवारी लिने प्रतिवद्धता व्यक्त गरे । साथै रुपन्देहीको पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधानमा पूर्ण सहयोग गर्ने विश्वास दिलाए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर