spot_img

राप्रपाले रूपन्देही–२ मा कांग्रेसलाई समर्थन गरेको समाचार गलत रहेको कोषाध्यक्ष पाण्डे भनाइ 

राप्रपाले रूपन्देही–२ मा कांग्रेसलाई समर्थन गरेको समाचार गलत रहेको कोषाध्यक्ष पाण्डे भनाइ

रूपन्देही, फागुन १७- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देही क्षेत्र नम्बर–२ ले प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेस का उम्मेदवारलाई समर्थन गरेको भन्ने समाचार निराधार भएको जनाएको छ।
क्षेत्रीय कोषाध्यक्ष भगवती पाण्डेद्वारा जारी विज्ञप्तीमा पार्टीले हालसम्म कसैलाई पनि आधिकारिक रूपमा समर्थन नगरेको स्पष्ट पारिएको छ। पार्टीको तर्फबाट उम्मेदवार नै नउठाइएको अवस्थामा जिल्ला कार्यसमितिलाई समेत जानकारी नदिई क्षेत्रीय सभापतिले हस्ताक्षर गरी कांग्रेस उम्मेदवारलाई समर्थन गरेको भन्ने विषय पार्टीको संगठनात्मक नीति विपरीत रहेको उल्लेख गरिएको छ।
विज्ञप्तीमा भनिएको छ, “हालसम्म पार्टीले कसैलाई पनि समर्थन गरेको छैन। व्यक्तिगत निर्णयबाट गरिएको भनिएको समर्थन पार्टीको आधिकारिक धारणा होइन।” साथै निर्वाचनको संवेदनशील समयमा मतदातालाई प्रभाव पार्ने उद्देश्यले यस्ता गतिविधि गरिएको हुन सक्ने भन्दै पार्टीले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
राप्रपाले आफ्ना नेता–कार्यकर्ता तथा मतदातालाई कुनै पनि भ्रममा नपर्न र पार्टीको आधिकारिक धारणा बाहेकका प्रचारप्रसारमा विश्वास नगर्न आग्रह गरेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर