रुपन्देही–२ मा राप्रपाको समर्थन : कांग्रेस उम्मेदवार चुन्नु प्रसाद पौडेललाई साथ
रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा चुनावी समीकरण नयाँ मोडमा पुगेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस का उम्मेदवार चुन्नु प्रसाद पौडेल लाई औपचारिक रूपमा समर्थन गरेको जानकारी दिइएको छ।
लुम्बिनी प्रदेश सचिव राजन अधिकारी ले रुपन्देही क्षेत्र २ ले गरेको निर्णय लाई समर्थन गर्दै यसलाई क्षेत्रको समग्र विकास र स्थिर राजनीतिक सहकार्यका लागि गरिएको कदम भएको बताउनुभयो। उहाँका अनुसार समर्थन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर क्षेत्रको हितलाई प्राथमिकता दिँदै गरिएको हो।
अधिकारीले जिल्ला नेतृत्वलाई यस निर्णयलाई गलत अर्थ नलिन आग्रह गर्दै अनावश्यक आरोप–प्रत्यारोप नगर्न आग्रह गर्नुभयो। “यदि समर्थन गर्दा आर्थिक चलखेल हुन्छ भन्ने आरोप लगाइन्छ भने समर्थन लिँदा पनि त्यही मापदण्ड लागू हुने होइन र?” भन्दै उहाँले जिल्ला अध्यक्षप्रति प्रश्न समेत गर्नुभयो।
रुपन्देही–२ मा राप्रपाको समर्थनसँगै कांग्रेस उम्मेदवार पौडेलको चुनावी अभियान थप सशक्त हुने आकलन गरिएको छ। पछिल्लो राजनीतिक समीकरणले यहाँको चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।
रुपन्देही–२ मा राप्रपाको समर्थन : कांग्रेस उम्मेदवार चुन्नु प्रसाद पौडेललाई साथ
प्रतिक्रिया



