spot_img

सैनामैना सिद्धार्थ मेमोरियलनगर स्तरीय जुनियर तथा सिनियर बुद्धिचाल प्रतियोगितामा दुवै तहमा प्रथम

नगर स्तरीय जुनियर तथा सिनियर बुद्धिचाल प्रतियोगितामा दुवै तहमा प्रथम


सैनामैना–८, रामापुरस्थित श्री सिद्धार्थ मेमोरियल एकेडेमी ले नगर स्तरीय जुनियर तथा सिनियर तहको बुद्धिचाल प्रतियोगितामा दुवै विधामा प्रथम स्थान हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ। शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलापमा समेत अग्रणी स्थान ओगट्दै आएको विद्यालयले पुनः एकपटक आफ्नो क्षमता प्रमाणित गरेको हो।
प्रतियोगिता विद्यालयकै आयोजना तथा रोटरी क्लव अफ सैनामैना को सहयोगमा सम्पन्न भएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा रोटरी इन्टरनेसनल ३२९२ का पीडीजी राजेन्द्र प्रसाद ध्वजुको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा ले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै भन्नुभयो,
“बुद्धिचाल जस्तो बौद्धिक खेलमा प्रथम हुनु गौरवको विषय हो। यसले नगरको शैक्षिक स्तरलाई समेत उकासेको छ। यस्ता गतिविधिले विद्यार्थीमा अनुशासन, धैर्यता र निर्णय क्षमता विकास गर्छ।”
विशिष्ट अतिथि तथा विद्यालयका प्राचार्य भोजराज पौड्याल ले भन्नुभयो,
“हामी सधैं शिक्षासँगै सिर्जनात्मक र बौद्धिक विकासमा जोड दिँदै आएका छौं। विद्यार्थीहरूको यो सफलता सामूहिक प्रयासको परिणाम हो।”
अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुले विद्यालयले निरन्तर उत्कृष्टता कायम राखेको उल्लेख गर्दै आगामी दिनमा अझ ठूला उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक तथा रोटरीयन विष्णुप्रसाद अर्याल र संयोजन शिक्षक रोटरीयन शिशिर क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा रोटरी क्लव अफ सैनामैनाका उपाध्यक्ष रीम बहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति सदस्य भोजराज भण्डारी, सह–प्राचार्य ओम नेपाल, लेखापाल तथा रोटरीयन टिकाराम पौडेल (बिमल) लगायतको उपस्थिति रहेको थियो।
विद्यार्थीहरूको यस उपलब्धिले विद्यालयको गरिमा थप उचाइमा पुर्‍याएको छ। प्रतियोगितामा खट्ने चेस क्लबका प्रशिक्षक, सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई ज्ञापन गरेको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर