जिपबाट दुई बोरा चामल, ९ कार्टुन मदिरा र तीन कार्टुन खानेतेल बरामद भएको प्रहरीले जनाएको छ ।रास्वपाको झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र चामलसहितका सामान बरामद गरेको छ भने दुईजना पक्राउ परेका छन् ।
सोमबार बिहानै सल्यानको बन्गाड कुपिन्डे नगरपालिका-१ सल्लीबजारबाट चालक र जिपमा सवार एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सल्लीबजारबाट सामान लिएर खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपका चालक सिद्धकुमाख गाउँपालिका-४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सामान लिएर जाने ३७ वर्षीय मोहन बीसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



