- बासुदेव घिमिरे को बढ्दो प्रभाव : रुपन्देही–३ मा तिव्र बन्दै चुनावी माहोल
रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख बासुदेव घिमिरेको चुनावी माहोल दिनप्रतिदिन तिव्र बन्दै गएको छ। स्थानीय तहमा नेतृत्व सम्हाल्दा देखाएको सक्रियता र संकटको समयमा खेलेको भूमिकाका कारण उहाँप्रति जनविश्वास अझै मजबुत देखिएको छ।
मेयरका रूपमा कार्यभार सम्हाल्दा घिमिरेले तिलोत्तमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको समर्थकहरूको दाबी छ। विभिन्न विकास आयोजनाहरू अगाडि बढाउनुका साथै नगरको पहिचान निर्माणमा उहाँको पहल उल्लेखनीय रहेको बताइन्छ। विशेषगरी कोरोना महामारीको कठिन समयमा आफू चढ्ने गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरी बिरामीको सेवा गरेको घटनाले उहाँलाई जनताको बीचमा थप लोकप्रिय बनाएको थियो।
संघीय सांसद भएपछि पनि घिमिरेले रुपन्देहीको समग्र विकासका मुद्दालाई प्राथमिकतामा राख्दै आवाज उठाउँदै आएको स्थानीयहरूको भनाइ छ। सुकुम्बासी समस्या समाधानका लागि पहल, कृषकलाई सहज रूपमा मलखाद उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण तथा अत्यधिक राजस्व दर घटाउनुपर्ने माग जस्ता विषयमा उहाँले संसद र सार्वजनिक मञ्चहरूमा निरन्तर आवाज उठाउँदै आएको बताइन्छ।
हाल रुपन्देही–३ मा जारी घरदैलो तथा भेटघाट कार्यक्रममा जनताको उल्लेखनीय सहभागिता देखिएको छ। टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले आफ्ना अघिल्ला अनुभव र आगामी योजनाबारे जानकारी गराइरहनुभएको छ। विकास, सुशासन र जनमुखी सेवा नै आफ्नो प्राथमिकता रहने बताउँदै उहाँले सबै वर्ग र समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
स्थानीयवासीहरूका अनुसार घिमिरे चुनावका बेला मात्र नभई सधैं समुदायसँग जोडिएर काम गर्ने नेता हुन्। सामाजिक, शैक्षिक तथा मानवीय कार्यमा निरन्तर सक्रिय रहँदा उहाँप्रति जनताको आत्मीय सम्बन्ध कायम भएको छ।
यसरी विगतको कार्यसम्पादन, संकटमा देखाएको समर्पण र विकासप्रतिको स्पष्ट दृष्टिकोणका आधारमा रुपन्देही क्षेत्र नं. ३ मा बासुदेव घिमिरेको चुनावी माहोल तिव्र बन्दै गएको देखिन्छ। चुनाव नजिकिँदै जाँदा उहाँको सक्रियता र जनसमर्थनले क्षेत्रको राजनीतिक वातावरण थप उत्साहित र प्रतिस्पर्धात्मक बनेको छ।
बासुदेव घिमिरे को बढ्दो प्रभाव : रुपन्देही–३ मा तिव्र बन्दै चुनावी माहोल
प्रतिक्रिया



