रुपन्देही–५ मा कांग्रेसको जनलहर : भरतकुमार साह को पक्षमा उत्साहजनक माहोल
निर्वाचनको अन्तिम दिन नजिकिँदै जाँदा रुपन्देही निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार साहको पक्षमा जनलहर सिर्जना भएको मतदाताहरू बताउँछन्। मतदान हुन केही दिन मात्र बाँकी रहँदा गाउँ–टोलमा साहको समर्थनमा उत्साह देखिएको छ। यसअघि निर्वाचित उम्मेदवारले अपेक्षाअनुसार काम नगरेको गुनासो गर्दै यसपटक साहलाई विजयी गराउने मतदाताहरूको उद्घोष सुनिन थालेको छ।
छैटौं पटक निर्वाचनको प्रतिस्पर्धामा उत्रनुभएका साहका लागि यो अन्तिम निर्वाचन हुने घोषणा गरेपछि मतदातामा थप भावनात्मक जोडिएको देखिन्छ। “अधुरा विकासका काम पूरा गरेर मात्र विश्राम लिन्छु,” भन्ने साहको प्रतिबद्धताले मतदातालाई आशावादी बनाएको छ। विकासलाई केन्द्रमा राखेर अघि बढ्ने अठोटसहित घरदैलोमा पुगेका साहले सडक, पुल, सिँचाइ, खानेपानी, तटबन्ध, शिक्षा र स्वास्थ्य क्षेत्रका योजनाहरूलाई प्राथमिकता दिने बताएका छन्।
मतदाताहरूका अनुसार रुपन्देही–५ को विकास यात्रामा साहको योगदान महत्वपूर्ण रहँदै आएको छ। कलौनीदेखि लुम्बिनीसम्मको सडक निर्माण, १५ वटा पुल निर्माण, २८ वटा खानेपानी आयोजना सम्पन्न जस्ता योजनामा उहाँको भूमिका जोडिन्छ। सिँचाइ तथा तटबन्ध विस्तारमा समेत पहल गरेको स्थानीयहरूको भनाइ छ। “साहबिना यो क्षेत्रको विकास अधुरो हुन्छ,” भन्ने धारणा मतदातामाझ सुनिन्छ।
२०७९ को निर्वाचनमा विजयी भएका एमालेका बासुदेव घिमिरे यसपटक रुपन्देही–३ मा उम्मेदवारी दिन गएको परिप्रेक्ष्यमा पनि यस क्षेत्रमा नयाँ विकल्पको खोजी बढेको विश्लेषण गरिन्छ। धेरै मतदाताले साहलाई विकासप्रेमी र अनुभवी नेताका रूपमा हेरेका छन्।
साहले अर्थ राज्यमन्त्री तथा सार्वजनिक लेखा समितिको सभापति भइसकेको अनुभव पनि प्रस्तुत गर्दै आएका छन्। संसदमा आर्थिक संघीयता, बजेट तथा अर्थतन्त्र सम्बन्धी विषयमा धारणा राख्दै सरकारलाई सुझाव दिएको उहाँको अनुभवले क्षेत्रको विकासमा थप योगदान पुग्ने विश्वास मतदाताको छ।
केही दिनअघि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले लुम्बिनीमा आयोजित चुनावी सभामा कांग्रेस सरकार बने साह मन्त्री बन्न सक्ने संकेत गरेपछि पनि माहोल थप तताएको बताइन्छ।
विहीबार हुने मतदानका लागि मतदाता उत्साहित देखिन्छन्। यसपटक मतदाता बढी सचेत र जागरुक भएकोले अघिल्ला निर्वाचनभन्दा बढी मत खस्ने अनुमान गरिएको छ। चुनाव नजिकिँदै जाँदा रुपन्देही–५ मा भरतकुमार साहको पक्षमा जनसमर्थन बलियो बन्दै गएको राजनीतिक वृत्तमा चर्चा छ
रुपन्देही–५ मा कांग्रेसको जनलहर : भरतकुमार साह को पक्षमा उत्साहजनक माहोल
प्रतिक्रिया



