रूपन्देही–५ मा वकिल मुसलमानको प्रतिबद्धता : “जितेपछि जनताको शिर उचोँ हुनेगरी काम गर्छु”
नेपाली कम्युनिस्ट पार्टी का रूपन्देही–५ का उम्मेदवार वकिल मुसलमानले आफू निर्वाचित भएपछि क्षेत्रका जनताको शिर उचोँ हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चुनावी घरदैलो तथा भेटघाट कार्यक्रमका क्रममा उहाँले जनतासँग प्रत्यक्ष संवाद गर्दै विगतमा अधुरा रहेका विकासका कामलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो।
उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण तयार पार्ने प्रतिवद्धता जनाउनुभयो। किसानका समस्या समाधान, साना तथा मझौला व्यवसाय प्रवर्द्धन र पारदर्शी शासन प्रणालीमार्फत समृद्ध रूपन्देही–५ निर्माण गर्ने उहाँको भनाइ छ।
उम्मेदवार मुसलमानले आफ्नो चुनाव चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गर्दै भन्नुभयो, “यो चुनाव केवल व्यक्ति जिताउने होइन, विकास र परिवर्तनको अभियानलाई सफल बनाउने अवसर हो।” उहाँले जनताको विश्वासलाई कहिल्यै कमजोर हुन नदिने र सधैं जनताकै पक्षमा उभिने प्रतिज्ञा गर्नुभएको छ।a
रूपन्देही–५ मा वकिल मुसलमानको प्रतिबद्धता : “जितेपछि जनताको शिर उचोँ हुनेगरी काम गर्छु
प्रतिक्रिया



