spot_img

गुल्मी प्रतिनिधि सभा निर्वाचनको रिपोर्टिङको क्रममा पत्रकार माथी दुर्ववहार

eप्रतिनिधि सभा निर्वाचनको रिपोर्टिङको क्रममा मादक पदार्थ सेवन गरेका केही स्थानीयले गुल्मी–१ अन्तर्गत सत्यवती गाउँपालिका–५ स्थित सत्यवती माध्यमिक विद्यालयको मतदान केन्द्रमा पत्रकारमाथि दुर्व्यवहार गरेका छन्।

समाचार संकलनका लागि पुगेका पत्रकारहरु सन्त कुमार श्रेष्ठ, शंकर भुसाल र अर्जुन खत्रीलाई स्थानीय व्यक्तिहरूले अवरोध गर्नुका साथै अपमानजनक शब्द प्रयोग गरेका थिए।

मतदान केन्द्रका मतदान अधिकृतले पनि आवश्यक सूचना दिन इन्कार गरेको पत्रकारहरूले बताएका छन्।

मादक पदार्थ सेवन गरेका केही व्यक्तिहरूले “तिमीहरू को हौ खोस्टो भिरेर आउने ?” भन्दै पत्रकारहरूमाथि आक्रोश व्यक्त गरेका थिए। पत्रकारहरूले मतदान केन्द्रको अवस्थाबारे जानकारी लिन खोज्दा उनीहरूले सूचना दिन अस्वीकार गरेका थिए ।

यस्तै, समाचार प्रयोजनका लागि भिडियो तथा दृश्य खिच्न खोज्दा “तिमीहरूले खिच्न पाउँदैनौ” भन्दै अवरोध गरिएको बताएका थिए । केही समय स्थिति तनावपूर्ण बनेको र स्थानीयले आक्रमण गर्ने अवस्था समेत सिर्जना भएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर