रूपन्देहीकाे सैनामैनामा योग चिकित्सा जागरण सप्ताह सुरु
रुपन्देहीकाे सैनामैना नगरपालिका स्थित सैनामैना १ “श्री पदम पाणी प्राकृतिक चिकित्सालय” को प्राङ्गणमा योग चिकित्सा जागरण सप्ताह सुरु भएको छ।

रोगी निरोगी बनौं, । निरोगी दीर्घजीवी बनौं, स्वस्थ्य प्राकृतिक जीवनशैली अवलम्बन गरौं ।।
आसन ध्यानको गरौं प्रयोग , गरौं योग बनौं निरोगि बनौं भने मुला नारा सहित कार्यक्रम सुरुवात भएको छ ।।
आफ्नो डाक्टर आफै बनौं । आफ्नो बारेमा आफैँ जानौं ।। जय प्रकृति भन्ने मूल नाराका साथ सुरु भएको उक्त योग जागरण सप्ताह देखि २८ गते सम्म चल्ने छ कार्यक्रममा ७० जना भन्दा धेरै को सहभागीता छ ।
प्राकृतिक चिकित्सालयका अध्यक्ष कमल प्रसाद घिमीरे काे सभापतित्व र नगर प्रमुख फडिन्द्र प्रसाद शर्माकाे प्रमुख आथित्यतामा पानसमा दियो बालेर कार्यक्रमकाे सुरुवात भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति शर्माले योग हाम्रो जिवानमा संस्कृति, र संस्कार जोगाउने मात्र न भएर स्वस्थ रहनकाे लागि योग नीकै महत्वपूर्ण रहेको बताउनु भयो।
त्यसैगरी अन्तर्राष्ट्रिय योग गुरु देव मणि बस्याल ले योग सिकाउनु भयो भने बाल शान्त गुरु ले प्रवचन गर्नुभयको थियो, त्यसैगरी आचार्य धुर्ब गुरु लगायत बतन्जली योग समितिकाे उपस्थिति रहेको थियो।
भने कार्यक्रमको सञ्चालन पण्डित चूडामणि पाण्डेले गर्नु भएको थियो।



