spot_img

काठमाडौ बेपत्ता विद्यार्थी ७ दिनपछि पशुपतिमा भेटिइन्

कलंकीबाट बेपत्ता विद्यार्थी ७ दिनपछि पशुपतिमा भेटिइन्
कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि आज पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् । सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

‘यत्तिका दिन उहाँ कहाँ हुनुहुन्थ्यो, कस्तो अवस्थामा हुनुहुन्थ्यो भन्ने विषयमा अहिले सोधेका छैनौं’, उनले भने, ‘त्यो विषयमा पनि बुझ्छौं ।’

चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् लामिछाने १९ वैशाखदेखि सम्पर्कविहीन थिइन् ।

आमा शोभा लामिछानका अनुसार, स्नेहा कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत् थिइन् । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो ।

स्नेहाको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर