spot_img

सैनामैना को सहिद नारायण पोख्रेल रामापुर क्याम्पस लगायत कञ्चन मा विश्व प्रसिद्ध डा. महावीर पुन आज।

बैसाख २८,शुक्रबार

विरगंजको कृषि औजार कारखाना संचालन गर्नको निम्ति देशको बिभिन्न ठाउँहरुमा आफ्नो किताब बेच्दै हिँड्नुभएको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा.महाबिर पुन आज रुपन्देही को विभिन्न क्षेत्र: सैनामैना ,कञ्चन मा आउनु भयो।
उहाको अभियान देशको आत्मनिर्भरताको अभियान हो ।सबै अभियानमा सहभागीता जनाऔ।एक नेपाली वैज्ञानिक, शिक्षक सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रहरूको विकासित ताररहित प्रविधिको प्रयोगमा आफ्नो व्यापक कार्यका लागि प्रसिद्ध एक कार्यकर्ता हुनु हुन्छ जसलाई नेपाल वायरलेस नेटवर्किङ परियोजना पनि भनिन्छ। आहा नेपालका बहुचर्चित व्यक्तित्व हुन् हुन्छ ।उहाको कार्यलाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैंकले मान्यता दिएको छ।उहाँ एक मानवतावादी हुन् जसको कामले धेरै युवाहरूलाई आफ्नै देश फर्काउन र यसको विकासको लागि यसको सेवा गर्न प्रेरित गरिरहेको छन। उहा भन्नु हुन्छ ,नेपाल समृद्ध बनाउने सपना र लक्ष्य छ । १३ वर्ष शिक्षण पेसामा रहेकाले अमेरिका रहँदा शिक्षा क्षेत्रमा केही काम गर्ने सपना थियो । नेपाल फर्किएपछि त्यो सपना परिवर्तन भयो । समाजसेवाका लागि गाउँघर घुम्न थालियो । त्यो क्रममा नेपालमा सानोतिनो काम गरेर देश समृद्ध बनाउन सकिन्न भन्ने बुझेँ । देश समृद्ध बनाउने सपना देखेको कारणले आविष्कार केन्द्रको जन्मभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर