आज मिति २०७१ असार १० गतेका दिन रूपन्देही सामाजिक अभियान्ता को आयोजनामा र दुधराक्ष खानेपानी उपभोक्ता सरसफाई समूहको सह आयोजनामा झोल वितरण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक अभियान्ताको समूह डोलराज भण्डारी ,महेश अधिकारी नेत्रप्रसाद लामिछाने, आनन्द गिरी, विजय सुनार, विष्णु रायमाझी ,बलराम खनालको सामाजिक अभियान्ताद्वारा र त्यसैगरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष मुक्ताबहादुर थापा, उपाध्यक्ष कमला चौधरी ,कोषाध्यक्ष टेकप्रसाद बस्याल, सदस्य लुमाकान्त पोखरेल ,मीना थारु ,मीना खनाल पाण्डे त्यसैगरी भर्सी टोल अध्यक्ष र त्यस टोलका विपन्न तथा गरिब परिवारका उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।
सेवा नै धर्म भन्ने उदेश्य ले रुपन्देही सामाजिक अभियान्ता द्वारा हाम्रो गाउँ ठाउँ मा रहेका समस्या लाई हल गर्दै आयका छन र अहिले को गर्मी समय मा आइ पर्दो समस्या लाई मध्यनजर गर्दै उहाहरुले झुल ( मच्छडदानी) बितरण कार्यक्रम सुरु गरेका छन । बिगत का समय मा बैदेशिक रोजगार मा गै समस्या परेका ब्यक्ती हरुको उद्वार , ठगी परेका ब्यक्ति हरुको न्याय दिलाउने देखि लियर बिपन्न तथा गरिब बर्गका बिद्यार्थी हरुलाइ बिधालय बिधालय गै शैक्षिक सामाग्री बितरण गरेका पाइन्छ । यो गर्मी मौसम मा तराई छेत्र मा हुने सर्प , बिसालु किरा , मच्छड र मच्छड बाट आउन सक्ने ड्याङ्गो जस्ता ज्यानै जान सक्ने समस्या बारे सचेतना मुलक कार्यक्रम राखेका छन । सेवा नै धर्म हो भन्ने उदेश्य ले यो ४०° तापक्रम को समय मा पनि सामाजिक अभियान्ता घर घर मा गै झुल बितरण गरेको बताइयको छ । उहाको समूह बताउनु हुन्छ जति गर्मी भयता पनि गर्मी भन्दा बढी मन लाई आनन्द मिल्ने बताइयको छ । कार्यक्रम तथा अभियान अभियान्ता नेत्र लामिछाने को संयोजना मा गरियको बताइयको छ ।



