spot_img

धान राेपीरहेका महिलाहरु माथि चट्याङ खस्दा २ जनाकाे ज्यान गयो

धान राेपीरहेका महिलाहरु माथि चट्याङ खस्दा २ जनाकाे ज्यान गयो

बुटवल । बाँकेमा खेतमा धान राेपीरहेका महिलाहरू माथि चट्याङ लागेपछि मृत्यु भएको छ ।

जिल्लाको राप्ती सोनारी गाउँपाकिला –२ मा मंगलबार साँझ ६ बजे धान रोपिरहेका स्थानीय ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायमाथि चट्याङ खसेको थियो।जिल्ला प्रहरी प्रमुख एसपी तुलसबहादुर कार्कीका अनुसार चट्याङ लागेर अचेत भएका उनीहरूलाई बेलुका ८ बजे कोहलपुर मेडिकल कलेज लगिएको थियो।

अस्पताल पुर्‍याइएपछि त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषणा गरेको हो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर