spot_img

चालकको टाउकामा ढुंगा बज्रिँदा पनि ब्रेक लगाउन भ्याउँदा जोगियो ३० जनाभन्दा बढीको ज्यान आफू भने बिते ३६ वर्षीय मेघराज विक

चालकको टाउकामा ढुंगा बज्रिँदा पनि ब्रेक लगाउन भ्याउँदा जोगियो ३० जनाभन्दा बढीको ज्यान
आफू भने बिते ३६ वर्षीय मेघराज विक

निरन्तर वर्षाका बीच लु२ख ६५६६ नम्बरको बस बिहीबार राति रुपन्देहीको बुटवलबाट ३० जनाभन्दा बढी यात्रु लिएर काठमाडौँका लागि प्रस्थान गर्‍यो।
बसमा चालक थिए- नवलपरासीको सुनवल नगरपालिका-४ घर भएका ३६ वर्षीय मेघराज विक।

बस शुक्रबार  बिहान ३ बजेतिर नारायणगढ-मुग्लिन सडकमा गुड्दै थियो।

बसमा चालक थिए- नवलपरासीको सुनवल नगरपालिका-४ घर भएका ३६ वर्षीय मेघराज विक।

बस शुक्रबार  बिहान ३ बजेतिर नारायणगढ-मुग्लिन सडकमा गुड्दै थियो।

उक्त सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने स्थानमा माथिबाट सडकमा लेदोमाटो झरिरहेको थियो।

अँध्याराे नै थियो। चालक विकले बसको गति केही कम गरे। त्यही बेला एक्कासि लेदोसहितको ढ‌ु‌ंगा चालक विकको टाउकोमा बज्रियो।

बसमा सवार यात्रुहरू निकै अत्तालिए।

ढुंगाले लाग्दा फुटेको बसको सिसा।
ढुंगाले लाग्दा फुटेको बसको सिसा।
चितवन प्रहरीलाई यात्रुले बताएअनुसार चालक विकले दुखेको तोडमा पनि बस चलाइरहे र ५० मिटरजति पर लगेर ब्रेक लगाउन भ्याए।

चालक विकले ब्रेक लगाउन भ्याएकै कारण बस रोकियो र सवार ३० जनाभन्दा बढीको ज्यान जोगियो।

उनको अवस्था भने चिन्ताजनक भयो। टाउकोबाट धेरै रगत बग्न थाल्यो। यात्रुहरूले प्रहरीलाई खबर गरिदिए।

प्रहरीले तुरुन्त एम्बुलेन्स बोलाएर उपचारका लागि विकलाई चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज त पुर्‍याए।

तर गम्भीर घाइते विकको उपचारका क्रममा बिहान ४ बजेतिर डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।

उनका अनुसार अन्य यात्रु भने सकुशल छन्

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर