spot_img

सुनवलमा सर्पको डसाईबाट चार वर्षिय बालकको मृत्यु

पश्चिम नवलपरासीको सुनवलमा सर्पको डसाईबाट चार वर्षिय बालकको मृत्यु भएको छ । सुनवल नगरपालिका वडा नम्बर २ किर्तिपुर बस्ने यम बहादुर नेपालीका छोरा सामुल नेपालीको सर्पको डसाईबाट मृत्यु भएको हो ।घरमा खेलिरहेको अवस्थामा गएराती नौ बजेतिरति बालकलाईगोवनसर्पले टोकेको थियो । सर्पले टोकेर घाईते भएका बालकलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा आज बिहान मृत्यु भएको जिल ्र री कार्यालय नवलपरासीकासुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिए ।नवलपरासीको बर्दघाटमा केहि दिन अगाडी मात्रै सर्पको टोकाईबाट एक युवतीको मृत्यु भएको थियो । वर्षायामको समयमा तराई षेत्रमा विषालुसर्पको विगविगी छ । वर्षायाममा सर्पसुख्खा स्थान र आहारा खोज्दै हिड्ने भएकालेसर्पदंशको जोखिम बढेको हो ।यो समाचार बुटवल टुडेबाट लिएको हो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर