spot_img

एकै घरका बर्षाका कारण घर भत्किदा ८ जना घाईते

बर्षाका कारण घर भत्किदा एकैघरका ८ जना घाईते

जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँकामा एक घर भत्किँदा ८ जना घाइते भएका छन्।

गएराती ३ बजे छेडागाड नगरपालिका–१२ काँडागाउँका पदम अधिकारीको घर भत्किँदा उनको परिवारका ८ जना घाइते भएका हुन्।घर भत्कीदा ३५ वर्षीय पदम अधिकारी, १० वर्षका दिनेश अधिकारी, ३० वर्षकी सरिता अधिकारी, १४ वर्षका नविन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षकी सुजता अधिकारी, १६ वर्षकी संगीता अधिकारी र १४ वर्षका नवराज अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार संगीता र नवराज सामान्य घाइते भएका छन्। उनीहरुलाई घरमै राखिएको छ। वर्षातका कारण ढुंगा, माटोले बनेको एकतले कच्ची घर भत्किएको पाण्डेले बताए।

६ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको छ भने २ जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर