spot_img

अनेरास्ववियु सैनामैनाको वृक्षरोपण कार्यक्रम सम्पन्न

रुपन्देहीको सैनामैना वडा न ९ मा अनेरास्ववियु सैनामैनाले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकोछ।

नेपालको वन हरियो धन वृक्षरोपण अहिलेको अबस्थामा महत्त्वपूर्ण रुपमा देखिन्छ ।
कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु स्थाई कमिटी सदस्य लेखनाथ खनालले अनेरास्ववियुले वृक्षरोपण जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद दिदै अनेरास्ववियु हक हितको लागि सम्पूर्ण बिद्यार्थी अनेरास्ववियु लाग्नुपर्ने जोड दिदै लगाएका बिरुवा हुर्काउन पर्नेमा जोड दिनु भयो।

कार्यक्रममा सैनामैना नगरपालिका पुर्व मेयर नेकपा एमाले जिल्ला कमिटी सचीव प्रमुख वक्ता चित्र बहादुर कार्कीले युवालाई रोजगार संग जोडेर शिक्षामा लाग्नुपर्ने बताउदै वृक्षरोपण कार्यक्रम अनेरास्ववियुले उदाहरणको रुपमा काम गरेको बताउदै सैनामैनामा हरेक बिकास निर्माणमा अनेरास्ववियु जोडिनुपर्ने भनाइ राख्नु भएको थियोे।

कार्यक्रमको अध्यक्षत्ता अध्यक्ष -अमृता भट्टराईको रहेको थियोे कार्यक्रममा अनेरास्ववियुका नेता तथा बिद्यार्थी को सहभागीता रहेको थियोे कार्यक्रम सैनामैना ९ वनरहवामा भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर