कन्चन १ मा मोटरसाइकलको ठक्करबाट ३ वर्षकि बालिकाको मृत्यु
रुपन्देहीको कञ्चन गाउँपालिका वडा न १ हात्ती बजार भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।
साउन १५ गते दिन बेलुकाको ६:४५ बजेको समयमा वर्ष ३ को बालिका अंशु घर्ती मगरको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ रहेको छ।
मृतकका बुवा अर्जुन घर्ती मगर आमा निकिता घर्ती मगर र दाजु रबिनले मोटरसाइकल चालकलाई कानुन अनुसार हदैसम्मको कारवाहीका लागि माग गरेका छन् ।
पुर्वदेखि पश्चिम् तर्फ जाँदै गरेको मोटरसइकल : लु ७८ प ९७५९ नम्बरको होण्डा साइन ,चालक बर्ष २१ को सैनामैना ८ बस्ने अमन परियारले चलाएको मोटरसाइकल
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको अवस्थामा ठक्कर दिएको बताईएको छ । मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय, रन्यौराले नियन्त्रणमा लिइ अनुसन्धान कार्य अगाडि बढाएको छ । मोटरसाइकल तीब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।



