spot_img

थाइ एयर एसियाले पायो उडान अनुमति, सातामा भैरहवा ४ उडा गर्ने

थाइ एयर एसियाले पायो उडान अनुमति, सातामा भैरहवा ४ र काठमाडौंमा ३ उडान गर्ने
काठमाडौं- एयर एसिया समूहको लगानी रहेको थाइ एयर एसियाले नेपालमा उडान अनुमति पाएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियालाई भैरहवा उडान गर्ने शर्तमा काठमाडौंमा उडान अनुमति दिएको बताएको छ। प्राधिकरणका अनुसार थाइ एयर एसियाले सातामा ७ उडानको अनुमति पाएको छ।यसमा एयररलाइन्सले हप्तामा ४ उडान भैरहवामा गर्नेछ भने ३ उडान काठमाडौंमा गर्ने भएको छ।

थाइल्याण्डको बैंककबाट काठमाडौं र भैरहवा उडानका लागि थाइ एयर एसियाले उडानका लागि अनुमति पाउन निकै प्रयास गर्दै आएको थियो। यो कम्पनीको मूल कम्पनी एयर एसियाले मलेसियाबाट उडान गर्दा काठमाडौं विमानस्थलको बक्यौता नतिरी बाहिरिएको थियो।२४ करोड बक्यौता रहेकाले थाइ एयर एसियामार्फत नेपाल फर्किन चाहे पनि पुरानो बक्यौता नतिरी उडान अनुमति दिन प्राधिकरण हच्किएको थियो। त्यसपछि एयर एसियाले किस्ता सुविधा माग गर्दै बक्यौता तिर्ने सम्झौता गरेको थियो।

२४ महिनामा २५ करोड रुपैयाँ तिर्ने र त्यसका लागि बैंक ग्यारेन्टी पेश गरेको थियो। पछिल्लो ६ महिनादेखि नियमित किस्ता बुझाइरहेको प्राधिकरणले जानकारी दिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर