spot_img

अटो खोलाले बगाउँदा दाङमा दुई जना बेपत्ता

दाङमा अटोमा सवार दुई जनालाई खोलाले बगायोदाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ । शुक्रबार साँझ ७:३० बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो । अटोमा सवार पाँच जनामध्ये तीन जना सकुशल रहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर