spot_img

रुपन्देहीको कन्चन १ मा छोराले गरे आमाको हत्या

रुपन्देहीको कन्चन १ सुन्दर टोलमा एक जनाको हत्या भएको छ
रूपन्देहीको कञ्चन गाउँपालिकामा २० वर्षीय युवकले आफ्नै आमाको हत्या गरेका छन्। प्रहरीका अनुसार कञ्चन गाउँपालिका वडा नं. १ सुन्दर टोलका २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय सालझण्डीले परियारले हँसिया प्रहार गरी आमाको हत्या गरेको जानकारी दिएको छ। सरोजले बुधबार राति करिब १ बजेतिर पार्वतीको हात को औलो र आँखा फुटेको अबस्थामा फेला पारेको थियोे आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरमा मृतक पार्वती र सरोज मात्रै बस्दै आएका थिए। सरोज पार्वतीका कान्छो छोरा हुन् भने जेठो छोरा रोजगारीको लागि भारतमा रहेका छन् उनका श्रीमानको केही वर्ष पहिला मृत भैसकेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार
हत्या गर्ने सरोज परियारलाई ईलाका प्रहरी कार्यलय सालझन्डिले नियन्त्रण लिएर अनुसन्धान गरिरहेकोछ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर