spot_img

रोकिएका यात्रुहरु अर्को बिमानबाट दुबईका लागि उडे

रोकिएका यात्रुहरु अर्को बिमानबाट दुबईका लागि उडे
भैरहवा — भैरहवा बिमानस्थलमा रोकिएका नेपाल वायुसेवा निगमको जहाजबाट दुवई जान लागेका १४९ यात्रुहरु १६ घण्टापछि नेपाल वायुसेवा निगमको अर्को न्यरोबडी जहाजबाट दुबईका लागि उडेका छन् । ती यात्रुहरु नेपाल वायुसेवा निगमको न्यरोबडीबाट भैरहवा हुँदै दुबई जान बुधबार राति काठमाडौंबाट भैरहवामा आएका थिए । भैरहवामा रहेका १ सय ४९ यात्रुलाई काठमाडौंबाट फेरी–फ्लाइटमा गएको निगमको दोस्रो ९लुम्बिनी० न्यरोबडीले आज दिउँसो साढे ३ बजे दुवईको लागि उडाएको नेपाल वायुसेवा निगमले जनाएको छ ।
काठमाडौंबाट बुधबार राति साढे १० बजे उडेको निगमको न्यरोबडी जहाज भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको थियो ।
भैरहवा विमानस्थलका अनुसार, ती यात्रुलाई निगमकै खर्चमा भैरहवाका ५ वटा होटलमा राति राखेर बिहीबार अर्को जहाजबाट दुबई लगिएको हो । निगमले हाल काठमाडौं(भैरहवा(दुबई तथा मलेसिया(भैरहवा(काठमाडौं अवतरण अनुमति लिएको छ । सोही तालिकाअनुसार बुधबार निगमको न्यरोबडी काठमाडौंबाट भैरहवा अवतरण भएलगत्तै इन्जिनमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड भएको थियो ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर