कपिलवस्तुको बाणगंगामा १४ बर्षीया नाबालिका बलात्कृत : गर्भ रहेपछि घटना बाहिरियो
कपिलवस्तुको बाणगंगा नगरपालिकामा आफ्नो मावल बस्दै आएकी १४ बर्षीय बालिका (परिर्वतन नाम) बलात्कृत भएको घटना बाहिरिएको छ ।

कपिलवस्तु मावली घरमा बस्दै आएकी ती बालिका दाइ पर्नेले घरमा कोही नभएको मौका छोपी विभिन्न प्रलोभनमा पारि ल्यापटपमा फिल्म हेरौ भन्दै अश्लील भिडियो देखाई बलत्कार गरेको पीडित बाट खुल्न आएको हो ।
२०८१ असोजबाट ल्यापटपबाट फिल्म हेरौ भनी दाइ पर्नेले ति नाबालिकलाई करणी गरेका थिए भने त्यो घटना उनको भाईले थाहा पाएपछि भाईले पनि मंसिरबाट करणी गर्ने गरेको स्रोतले पत्ता लगाएको छ ।
हाल आएर मावल घरमा आफनो पेट दुखेको उनले बताएपछि चेकजाच तथा उपचार गर्ने क्रममा ३२ हप्ताकोृ गर्भ रहेको खुल्न आएको हो ।
दुई दाइ भाईले भुडि बोकाएपछि कसैलाई भनेमा मार्दिन्छौ भनेर डरधम्की समेत दिने गरेको खुलेको छ ।
ति दुवै दाजभाईलाई मुद्धा दर्ता भई अदालतले म्याद थप समेत गरेको छ ।



